Home Bibles ☰ Books यर्मिया 33:1 · नेपाली बाइबल
यर्मिया 33:1 · नेपाली बाइबल

परमप्रभुको सन्देश दोस्रो पल्ट यर्मियाकहाँ आयो। यर्मिया अझ प्रहरीहरूका चोकमा बन्द थियो।

Cross references

यर्मिया 32:2

त्यस बेला, बाबेलका राजाका सैन्याले यरूशलेमको शहर वरिपरि घेरा हालेर राखेका थिए अनि यर्मियालाई प्रहरीको चोकमा कैद गरिएको थियो जुन चोक यहूदाका राजाको महल थियो।

यर्मिया 32:8

“तब परमप्रभुले भन्नु भए अनुसार नै घटना हुन गयो। मेरो काकाको छोरो हनमेल मकहाँ प्रहरीको चोकमा आयो। हनमेलले मलाई भन्यो, ‘यर्मिया, बिन्यामीन क्षेत्रभित्र अनातोत शहरको छेउमा भएको मेरो जमीन किन्नुहोस्। त्यो जमीन तपाईंकै लागि किन्नुहोस् यो किन्ने यसलाई विमुक्त पार्ने अधिकार तपाईंको हो। यो तपाईंकै लागि किन्नु होस्।’यसर्थ मैले जाने कि यो सन्देश परमप्रभुबाट थियो।

यर्मिया 37:21

यसकारण राजा सिदकियाहले यर्मियालाई प्रहरीहरूको चोकमा राख्ने हुकूम दिए। तिनीहरूले उनलाई शहरमा जम्मै रोटी नसकूञ्जेलसम्म दिनहुँ एउटा-एउटा रोटी दिए। यसकारण यर्मिया प्रहारीहरूको चोकमा बसे।

यर्मिया 38:28

यसकारण यरूशलेमलाई अधीनमा लिनेदिन सम्मै यर्मिया प्रहारीहरूको चोकमानै बसे।

2 तिमोथी 2:9

अनि त्यो सुसमाचार भन्दा मैले दुःख पाइरहेछु। अपराधीलाई जस्तै साङ्गलोले बाँधिने अवस्थामा मैले कष्ट पाइरहेछु। तर पमेश्वरको शिक्षा साङ्गलाद्वारा बाँधिंदैन।

Interlinear

Choose Theme