Home Bibles लेवी 25:34 · नेपाली बाइबल
लेवी 25:34 · नेपाली बाइबल

लेवी शहरहरूको वरिपरि रहेका खेतहरू तथा चउरहरू बेच्न सक्दैन किनभने ती सब सदाको निम्ति लेवीहरू कै हुन्।

Cross references

लेवी 25:23

“भूमि साँच्चै नै मेरो हो यसकारण तिमीहरूले सदाको निम्ति बेच्न सक्तैनौ। तिमीहरू त मेरो जमीनमा मसँग बस्न आएका परदेशी अथवा यात्रीहरू मात्र हौ।

गन्ती 35:2

“इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूको हिस्सामा परेको भूमिका केही शहरहरू लेवीहरूलाई दिऊन्। तिनीहरूले ती शहरहरूको वरिपरि रहेका र्खकको भूमि पनि दिऊन्।

2 इतिहास 31:19

हारूनका केही सन्तानहरू पूजाहारीहरूका, शहरहरूको नजिक जहाँ लेवीहरू बस्दथे, केही कृषि भूमिहरू थिए। अनि हारूनका केही सन्तानहरू शहरहरूमा पनि बस्दथे। ती प्रत्येक शहरहरूमा मानिसहरूलाई, हारूनका यी सन्तानहरूलाई संग्रहका अंश दिनका निम्ति नाउँ द्वारा चुनिन्थे। पुरूषहरू अनि लेवीहरूको परिवारिक इतिहासहरूमा नाउँ लेखिएका ती सबैले संग्रहका अंश पाउँथे।

इजकिएल 48:13

“पूजाहारीहरूको निम्ति छेउमा लेवीहरूले जमीनको भाग पाउँनेछन्। यो 25,000 हात लामो, 10,000 हात चौडा हुनेछ। यो भूमिको पुरा लम्बाई अनि चौडाई क्रमश 25,000 हात लामो अनि 10,000 हात चौडा हुनेछ।

इजकिएल 48:14

लेवीहरूले यो भूमिको कुनै पनि भाग न ता बेच्नेछन नता व्यापार गर्नेछन्। तिनीहरूले यो भूमिको कुनै पनि भाग बेच्ने अधिकार राख्ने छैनन्। तिनीहरूले देशको यस भागलाई टुक्रा गर्न सक्तैनन्। किन? किनभने यो भूमि परमप्रभुको हो। यो अति विशेष हो। यो भूमिको सर्वोत्तम भाग हो।

प्रेरित 4:36

विश्वासीहरू मध्ये एकजनाको नाउँ यूसुफ थियो। प्रेरितहरूले तिनलाई बर्णाबास भन्दथे। ‘बर्णाबास’ नाउँको अर्थ हुन्छ “मानिस जसले अरूलाई सहयोग गर्छ।” उनी साइप्रस देशका एकजना लेवी थिए।

Interlinear

Choose Theme