Home Bibles ☰ Books यर्मिया 29:16 · नेपाली बाइबल
यर्मिया 29:16 · नेपाली बाइबल

तर तिमीहरूका आफन्तहरू जो बाबेलमा लागिएका थिएनन् तिनीहरूको विषयमा परमप्रभु यी कुराहरू भन्नुहुन्छ। म अहिले त्यो राजा जो दाऊदको राजसिंहासनमा बसेका छन् र ती मानिसहरू जो अझ सम्म यरूशलेम शहरमा छन् तिनीहरूको विषयमा भन्दैछु।

Cross references

2 इतिहास 36:11

सिदकियाह एक्काईस वर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी एघार वर्षसम्म यरूशलेममा राजा थिए।

यर्मिया 24:2

एउटा डालोभित्र धेरै असल नेभाराहरू थिए। ती नेभाराहरू त्यस्ता थिए जुन समय अघाडि नै पाकेका थिए। तर अर्का डालोमा कुहेको नेभाराहरू थिए। तिनीहरू खान लायकका थिएनन्।

यर्मिया 24:8

“तर यहूदाका राजा सिदकियाह कुहेको नेभारा जस्तौ हुनेछ जुन खान लायक हुँदैन। सिदकियाह, उसका अधिकारीहरू, यरूशलेममा छाडिएका मानिसहरू जो यो देशमा रहिरेका छन् अनि तिनीहरू जो मिश्रमा बसिरहेका छन् तिनीहरू कुहेको नेभाराहरू जस्तै हुन्।

यर्मिया 29:3

यहूदाका राजा सिदकियाहले शापानका छोरो एलासा र हिल्कियाहका छोरो गर्मयाहलाई बाबेलका राजा नबूकदनेस्सरकहाँ पठाए। यर्मियाले ती मानिसहरूलाई बाबेलमा पत्र लैजानु भने। पत्रको अर्न्त विषय यस्तो थियो।

यर्मिया 38:2

“कि परमप्रभु भन्नुहुन्छ ‘जो यरूशलेममा बसे तिनीहरू तरवारहरूले अथवा अनिकालले अथवा डरलाग्दो रूढीले मर्नेछन् तर ज-जसले सैन्य समक्ष आत्मसमर्पण गर्नेछ तिनीहरू जीवित रहनेछन् उसले जीवन युद्ध परितोषक रूपमा पाउनेछ र मर्नेछैन।’

यर्मिया 38:17

तब यर्मियाले राजा सिदकियाहलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीले बाबेलका राजाको अधिकारीहरू अघि आत्मा समर्पण गर्यौ भने, तिमी र तिम्रो परिवार सुरक्षित रहनेछन् अनि यरूशलेम जलेर भस्म हुनेछैन।

इजकिएल 6:1

त्यसपछि परमप्रभुको वचन फेरि मकहाँ आयो।

इजकिएल 17:12

“यो कुराको व्याख्या इस्राएलका मानिसहरूको बीचमा गर, तिनीहरू सधैं मेरो विरूद्धमा जान्छन्। तिनीहरूलाई यो भन, पहिलो गरूड (नबूकदनेस्सर) बाबेलको राजा हो। उ यरूशलेममा आयो अनि राजा तथा अन्य प्रमुखहरूलाई लिएर गयो। उसले तिनीहरूलाई बाबेल लिएर आयो।

इजकिएल 21:9

“हे मानिसको छोरो, मेरो निम्ति यी कुराहरू गर। यी कुराहरू भन, ‘परमप्रभु मेरो मालिक यी कुराहरू भन्नुहुन्छ“‘ध्यान देऊ, एउटा तरवार, एउटा धारिलो तरवार हो, अनि तरवारमा सान लगाइएको छ।

इजकिएल 22:31

यसकारण म आफ्नो क्रोध प्रकट गर्छु, म तिनीहरूलाई पूर्ण रूपमा नष्ट गर्छु! अपवित्र कामको निम्ति म तिनीहरूलाई दण्ड दिन्छु। जुन तिनीहरूले गरे। यो सब तिनीहरूको दोष हो।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

इजकिएल 24:1

परमप्रभु मेरो मालिकको वचन मकहाँ आयो। त्यो दिन देशबाट निकालिएको नवौं वर्षको दशौं महीनाको दशौं दिन थियो। उहाँले भन्नुभयो,

Interlinear

Choose Theme