यसकारण तिमीले तिनीहरूलाई भन्नु पर्छ कि परमप्रभु तिनीहरूको मालिकले तिनीहरूलाई फेरि फर्काएर ल्याउँनु हुन्छ। मैले तिमीहरूलाई धेरै देशहरूमा छरिदिएँ। तर म तिमीहरूलाई एक ठाँउमा जम्मा गर्नेछु अनि ती देशहरूबाट तिमीहरूलाई फर्काएर ल्याउँनेछु। म इस्राएलको प्रदेश तिमीहरूलाई फेरि दिनेछु।
Cross references
तब परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरू प्रति दयालु हुनुहुनेछ र तिमीहरूलाई मुक्त गराई तिमीहरूलाई छरपष्ट पारेर पठाइएका देशहरूबाट फर्काई ल्याउनु हुनेछ।
त्यसबेला, मेरो मालिक परमेश्वरले तिनीहरूलाई बढाउनु हुन्छ र छाडिएका आफ्ना मानिसहरूलाई लिएर जानुहुनेछ। परमप्रभु परमेश्वरले यस्तो कर्म गर्नु भएको यो दोस्रो पल्ट हुनेछ। (छाडिएका मानिसहरू परमेश्वरका हुन ती देशहरूमा जस्तै अश्शूर, उत्तर मिश्र, दक्षिण मिश्र, पत्रोस कूश, एलाम, बेबिलोनिया, हमात अनि जुन संसार वरिपरि सुदूरमा भाएका ती देशहरूमा।)
“तिम्रा सारा मानिसहरू धार्मिक हुनेछन्। ती मानिसहरूले पृथ्वी फेरि प्राप्त गर्नेछन्। मैले ती मानिसहरू सृजना गरें। तिनीहरू अद्भूत बिरूवा हुन् त्यो मैले आफ्नै हातले बनाएको हुँ।
यर्मिया, उत्तर दिशा तिर अघि बढ अनि यो सन्देश घोषणा गर‘हे इस्राएलका विश्वासहीन मानिसहरू हो, फर्की आऊ।’ यो सन्देश परमप्रभुबाट आएको थियो। ‘तिनीमाथि आँखा तर्न बन्द गर्छु। म कृपालु छु।’ यो सन्देश परमप्रभुबाट आएका हो। म अब उसो तिमीसित रीस गर्ने छैन।
ती दिनहरूमा, यहूदाका परिवारहरू इस्राएलका परिवारमा सम्मिलित हुनेछ। तिनीहरू उत्तरमा भएको भूमिबाट सँगै आउनेछन। तिनीहरू मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको भूमिमा आउनेछन।
“परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ, यहूदाका मानिसहरूलाई आफ्ना देशबाट कैदी झैं लगियो। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बाबेलमा लगे। तिनीहरू असल नेभाराहरू जस्ता छन।
म तिनीहरूलाई म नै परमप्रभु हुँ भनेर चिन्ने योग्यता दिन्छु। तिनीहरू मेरा मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुँ, किनभने तिनीहरू पूर्ण-हृदयहरूले म तर्फ फर्कनेछन्।
परमप्रभु यो भन्नुहुन्छ “बाबेल सत्तरी वर्ष सम्म शक्तिशाली रहनेछ। त्यसपछि म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काई ल्याउने मेरो प्रतिज्ञा पूरा गर्नेछु।
“यसकारण हे याकूब मेरो दास! नडराऊ।” यो परमप्रभुबाट आएको सन्देश हो। “हे इस्राएल! नडराऊ! म तिमीलाई ती सुदूरका देशहरूबाट जोगाएर ल्याउँछु अनि तिमीहरूका सन्तानहरूलाई कैदी बनाउने देशहरूबाट जोगाउनेछु। याकूब फर्कनेछ अनि फेरि शान्ति पाउनेछ र मेरा मानिसहरूलाई भय देखाउनु शत्रु रहेनछैन।
परमप्रभु भन्नुहुन्छ “हेर, याकूबका मानिसहरूको भाग्य पुर्नहाल गर्न म जाँदैछु। डेराहरूप्रति दयाममा दया नगर मेरो याकूबको पालहरूमाथि दया रहने छ। ध्वंश भएको ठाउँमा शहर फेरि बनिनेछ अनि राजाको महल ठीक ठाउँमा नै बनिनेछ।
हेर, म तिनीहरूलाई उत्तरबाट र टाढो-टोढो देशहरूबाट ल्याउनेछु अनि भेला पार्नेछु। तिनीहरू मध्ये कतिपय मानिसहरू अन्धा र लङ्गडाहरू छन्। कतिपय स्त्रीहरू गर्भवती छन् अनि तिनीहरू मध्ये कति जना प्रसव पीडामा छन्। तर धेरै धेरै मानिसहरू फर्की आउनेछन्।
‘म तिनीहरूलाई तिनीहरूको भूमिमा फर्काई ल्याउनेछु। म ती मानिसहरूसँग रीसाएको समयमा तिनीहरूलाई तितर-बितर पारेको ठाउँहरूबाट भेला पार्नेछु। तर म तिनीहरूलाई यो ठाउँमा फर्काई ल्याउनेछु। म ती मानिसहरूलाई त्यस्तै पार्नेछु। म तिनीहरूको जीवनलाई शान्त र सुरक्षित बनाउनेछु।
म तिमीहरूलाई ती अन्य राष्ट्रहरूबाट निकाल्नेछु। जहाँ तिमीहरूले अरू राष्ट्रका मानिसहरूको माझ छरिएर बसेकाछौ म तिमीहरूलाई बटुल्नेछु। म मेरो शक्तिशाली हात उठाएर यसो गर्नेछु अनि तिमीहरूलाई दण्ड दिनेछु। म मेरो क्रोध तिमीहरूका विरूद्ध खन्याउनेछु।
तब तिमीहरूको सुगन्धित बलिदानहरूमा म प्रसन्न हुनेछु। यो सबै त्यस बेला हुनेछ जब म तिमीलाई फर्काई ल्याउँनेछु। मैले तिमीहरूलाई विभिन्न राष्ट्रहरूमा छरपष्ट पारें। तर म तिमीहरूलाई फेरि एकै ठाँउमा भेला गर्छु अनि फेरि तिमीहरूलाई आफ्नो विशेष मानिसहरू बनाउँनेछु अनि सबै राष्ट्रले यो देख्नेछन्।
परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म इस्राएल परिवारलाई जो अन्य राष्ट्रहरूमा तितर-बितर भएकाछन् म तिनीहरूलाई भेला पार्नेछु। अनि ती राष्ट्रहरूले देख्नेछन् कि म पवित्र हुँ। त्यस समय इस्राएलका मानिसहरू त्यो देशमा बस्नेछन् जुन देश मेरो दास याकूबलाई दिएँ।
म तिनीहरूलाई ती राष्ट्रहरूबाट फर्काएर ल्याउँछु। म तिनीहरूलाई देशहरूबाट जम्मा गर्छु। म तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु। इस्राएलको पर्वतहरूमा खोलाहरूको किनारमा, सबै ठाउँहरूमा जहाँ मानिसहरू बस्छन, म तिनीहरूलाई खुवाउँछु।
परमेश्वरले भन्नुभयो, “म तिमीलाई ती राष्ट्रहरूबाट बाहिर निकालेर एकै ठाँउमा जम्मा गर्छु अनि तिमीलाई तिम्रो आफ्नो देशमा ल्याउँछु।
मानिसहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘म इस्राएलका मानिसहरूलाई त्यो राष्ट्रहरूबाट ल्याउँछु, जहाँ उनीहरू गएका छन्। म उनीहरूलाई चारैतिरबाट एकत्रित पार्छु। अनि तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु।
म मेरो मानिसहरूलाई अन्य देशहरूबाट ल्याउनेछु। तिनीहरूलाई म शत्रुहरूको देशमा भेला पार्नेछु। त्यति बेला धेरै राष्ट्रहरूले थाहा पाउनेछन् कि म कति पवित्र छु।
“भविष्यमा इस्राएली मानिसहरूको संख्या समुद्रको बालुबा झैं हुनेछ, तिमीहरूले बालुवालाई तौलन सक्तैनौ अथवा गन्ती गर्न सक्तैनौ। ‘तिमीहरू मेरो मानिस होइनौ’ भन्नु को सट्टामा, ‘तिनीहरूलाई यो भनिने छ, तिमीहरू जीवित परमेश्वरको छोरा-छोरीहरू हौ।’
मेरो मानिस इस्राएलीहरुलाई कैदबाट फर्काएर ल्याउनेछु। तिनीहरुले त्यो नष्ट भएको शहर फेरि बनाउँनेछन् अनि तिनीहरु ती शहरमा बस्नेछन्। उनीहरुले दाखबारीहरु लाउनेछन् अनि तिनीहरुले उब्जाऊ गरेको दाखरस पिउनेछन्, उनीहरुले बगैंचाहरु रोप्नेछन् अनि त्यसबाट फलेको फलहरु खानेछन्।
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर म पूर्व र पश्चिमका देशहरूबाट मानिसहरू बचाई रहेछु अनि मेरो मानिसहरूलाई डोह्याउनेछु।