Home Bibles ☰ Books यर्मिया 28:6 · नेपाली बाइबल
यर्मिया 28:6 · नेपाली बाइबल

अगमवक्ता यर्मियाले हनन्याहलाई भने, “आमेन। म आशा गर्दछु परमप्रभुले साँच्चि नै त्यो गर्नु हुनेछ परमप्रभुले तिमीले बोलेका वचनहरू पूरा गर्नु हुनेछ। म आशा गर्दछु परमप्रभुले उहाँको मन्दिरबाट जम्मै सामानहरू र मानिसहरू पनि बाबेलबाट यस ठाउँमा फर्काई ल्याउनु हुनेछ।

Cross references

गन्ती 5:22

पूजाहारीले भन्नु पर्छ, ‘तिमीले गरेको छौ भने तिमीबाट नानीहरू जन्मने छैन, अनि गर्भ बसी हाले पनि त्यो तुहुनेछ।’ अनि त्यस आइमाईले भन्नुपर्छ, ‘तपाईंले जसो भन्नु हुन्छ म मान्छु। ‘आमेन, आमेन।”‘

व्यवस्था 27:15

‘कारीगरले झैं जसले खोपेर अथवा काटेर धातु अथवा केही अन्य चीजको मूर्ति बनाएर पूजा गर्न गुप्त स्थानमा राख्छ, त्यस मानिसलाई सराप लाग्छ। ती झूटा देवताहरू मूर्तिहरू मात्र हुन किनकि ती कुनै कारीगरले काठ, ढुङ्गा अथवा धातुबाट बनाएको हुन्। परमप्रभुले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ।’“तब सबै मानिसहरूले उत्तर दिनेछन् ‘आमेन!’

1 राजा 1:36

यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! मेरा मालिक अनि महाराज! परमेश्वर स्वयमले यो भन्नु भएकोछ।

1 इतिहास 16:36

परमप्रभु इस्राएलका परमेश्वरको सदा सर्वदा स्तुति भइरहोस्, जसरी सदा-सर्वदा उहाँको स्तुति भइरहेकोछ।तब सबै मानिसहरूले परमप्रभुको स्तुति गर्दै भने, “आमिन।”

भजनसंग्रह 41:13

परमप्रभु, इस्राएल का परमेश्वर धन्य हुनु हुन्छ! उहाँ सधैं हुनुहुन्थ्यो, अनि उहाँ सधैं हुनुहुनेछ। आमेन, आमेन।

भजनसंग्रह 72:19

उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर! उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्! आमेन! आमेन!

भजनसंग्रह 89:52

परमप्रभुको सदासर्वदा प्रशंसा होस्‌। आमेन अनि आमेन।

भजनसंग्रह 106:48

इस्राएल का परमप्रभु परमेश्वरको प्रशंसा गरौं। परमेश्वर सधै रहनु हुन्छ, उहाँ संधै नै रहनुहुने छ। अनि सारा मानिसहरूले भने, “आमेन! परमप्रभुको प्रशंसा गर!”

यर्मिया 11:5

“तब मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मह र दूध बगिरहने मलिलो जमीन दिन्छु भनी गरेको प्रतिज्ञा सधैं बचाई राख्नेछु अनि आज तिमीहरू त्यही जमीनमा छौ।” मैले उत्तर दिएँ, “आमेन, हे परमप्रभु।”

यर्मिया 17:16

परमप्रभु, म तपाईंको गोठोला बनिनुबाट भागेर गईन्। मैले शोकपूर्ण दिनको कहिल्यै इच्छा गरिन। तपाईं जान्नुहुन्छ तपाईंको मैले अघि के भनेको थिएँ यो तपाईंको सामु छ।

यर्मिया 18:20

के मानिसहरूले असलको सट्टामा खराब फर्काउनु पर्छ? अँह सम्झना गर, म तपाईं समक्ष उभिएँ अनि तिनीहरूका निम्ति तिमीमा भएको क्रोध हटाउँन तपाईंसित वकालत गरें। तर तिनीहरूले मलाई जालमा फसाउँन प्रयास गरिरहेकाछन्।

यर्मिया 28:3

दुइ वर्ष बित्दा नबित्दै म बाबेलका राजा नबूकदनेस्सरले परमप्रभुको मन्दिरबाट जति सरसामानहरू लगेका थिए ती सबै फर्काई ल्याउनेछु।

Interlinear

Choose Theme