Home Bibles ☰ Books यर्मिया 22:14 · नेपाली बाइबल
यर्मिया 22:14 · नेपाली बाइबल

उसले भन्छ, “आफ्नो लागि म एउटा ठूलो महल बनाउनेछु। मेरो माथिल्लो तलामा ठूल-ठूला कोठाहरू हुनेछन्।” उसले देवदारूका पल्लाले झ्यालहरू बनाउँछ रातो रंग लाउँछ।

Cross references

2 शमूएल 7:2

राजा दाऊदले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारको काठले बनेको सुन्दर घरमा छु तर परमेश्वरको पवित्र सन्दूक भने पालमा छ। हामीले पवित्र सन्दूकको निम्त सुन्दर भवन बनाउनु पर्छ।”

2 इतिहास 3:5

सुलेमानले ठूलो कोठाका भित्ताहरूमा सल्लाका काठका तख्ताहरू लगाए। त्यस पछि तिनले सल्लाका तख्ताहरू माथि शुद्ध सुन लगाए। अनि तिनले शुद्ध सुन माथि खजूरको बृक्षको चित्र अनि सिक्री लगाए।

हितोपदेश 17:19

लडाईं-झगडा मन पराउनेले पाप मन पराउँछ, अनि जसले शेखी गर्छ उसले त आफ्नै सर्वनाशलाई निम्तो दिन्छ।

हितोपदेश 24:27

पहिले बाहिरी काम गर। खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्रो घर बनाऊ।

श्रेष्ठगीत 1:17

हाम्रा घरका आड दिने काठहरू र देवदारका छानाका छन् डाँडा भाटाहरू सल्लाका छन्।

यशैया 5:8

तिमीहरू एकदमै नजिक-नजिकमा बस्छौ। कही कसैको लागि केही जग्गा नराखी घरहरू बनाउँछौ। तर परमप्रभुले तिमीहरूलाई दण्ड दिनुहुनेछ अनि तिमीहरूलाई एक्लो पार्नु हुनेछ। सम्पूर्ण भूमिमा तिमीहरूमात्र रहनेछौ।

यशैया 9:9

एप्रैमका मानिसहरू, सामरियाका अगुवाहरू सम्मलाई, परमेश्वरले दण्ड दिनुहुनेछ भन्ने कुरा थाहा छ।ती मानिसहरू अहिले एकदम अंहकारी र घमण्डी छन्। तिनीहरू भन्दछन्,

इजकिएल 23:14

“ओहोलिबा म प्रति धोकेबाज भई। बाबेलमा उसले मानिसहरूको चित्र पर्खालमा कोरिएको देखी। त्यो कल्दी मानिसहरूको रातो वस्त्र लगाएको चित्र थियो।

दानियल 4:30

जब राजाले भने, “बाबेललाई हेर, यो महान शहरको निर्माण मैले आफ्नो शक्तिले गरेको हो। शहरको राजधानी मेरो राज्यले मेरो महोत्तमको गौरव प्रदान गरेकोछ।”

आमोस 6:8

परमप्रभु मेरो मालिकले उहाँले आफ्नो नाउँ सर्वशक्तिमान परमेश्वर भनेर यो प्रतिज्ञा गर्नुभयो, “म यो कुरालाई घृणा गर्छु, जसमा याकुबले घमण्ड गर्छ।म उसको अट्टालिका हरुलाई घृणा गर्छु। यसकारण शत्रुलाई शहर र यसमा भएको प्रत्तेक कुरा लिन दिनेछु।”

हाग्गै 1:4

“परमप्रभुको मन्दिर नष्ट भएको समयमा के तिनीहरू काठको घर निर्माण गरेर बस्ने सही समय आएकोछ भनी सम्झन्छौ?

मलाकी 1:4

यो सम्भव छ कि एदोमका मानिसहरूले भन्न सक्छन्, “ठिकैछ हामी नष्ट भेका छौं, तर हामी हाम्रो शहर फेरि निर्माण गर्छौं।”तर सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यदि तिनीहरूले तिनीहरूको शहर पुनःर्निर्माण गरे ता पनि म त्यसलाई फेरि भत्काई दिनेछु।” यशैकारण मानिसहरूलेएदोमलाई नराम्रो देश भन्छन्। मानिसहरू भन्छन् कि परमप्रभु तिनीहरूसित सधैं क्रोधित हुनुहुन्छ।

Interlinear

Choose Theme