नेगब मरूभूमिमा भएको शहरहरूका प्रवेशद्वारहरू बन्द छन, अनि कसैले पनि तिनीहरूलाई खोल्न सक्तैनन्। यहूदाका सम्पूर्ण मानिसहरूलाई निर्वासन गरियो। तिनीहरूलाई कैदी जस्तै लगियो।
Cross references
म तिमीहरूको पवित्र स्थलहरू शून्य पारिदिनेछु, म तिमीहरूका शहरहरू ध्वंश पारिदिनेछु अनि म तिमीहरूले चढाएको सुगन्धित बलिहरू ग्रहण गर्दिनें।
“तर यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले बताए अनुसार गर्दैनौ तिमीहरू आज मैले बताएका आज्ञाहरू र विधिहरू पालन गर्दैनौ भने तिमीहरूमाथि यी सब नराम्रा कुराहरू आइपर्नेछन्।
“तिमीहरू सोच्छौ त्यस शहरहरूको वरिपरि अग्ला-अग्ला र शक्तिशाली पर्खालहरूले तिमीहरूलाई सुरक्षा दिन्छन्। तर ती पर्खालहरू ढल्नेछन्। त्यस राष्ट्रका मानिसहरूले सबै शहरहरू घेरेर तिमीहरूमाथि आक्रमण गर्नेछन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा एउटै शहर पनि बाँकी नराखी शत्रुहरूले आक्रमण गर्नेछन्।
पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झूटा पुर्खाहरू थाहा नपाइएका देवताहरू पूज्ने छौ।
तिनीहरूले त्यो भूमिलाई सात भागमा विभाजन गर्नेछन्। यहूदा र यूसुफका मानिसहरूले आफ्ना भूमि दक्षिणमा लिनेछन्।
यसरी यहूदाका मानिसहरू आफ्नो देशबाट बन्दीको रूपमा लखेटिए।
इस्राएलका सबै मानिसहरूको नाउँ तिनीहरूका वंशावलीको सूचीमा लेखिएको छ। त्यो वंशावलीको सूची इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।यहूदाका मानिसहरूलाई कैदी बनाईयो र बाबेलमा जान बाध्य तुल्याइयो। तिनीहरूलाई त्यस स्थानमा लगियो किनभने तिनीहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्।
यदि परमेश्वरले कुनै कुरा भत्काउनु भयो भने मानिसहरूले यसलाई फेरि बनाउन सक्दैनन्। यदि परमेश्वरले कसैलाई कैदमा राख्नु भयो भने मानिसले त्यसलाई मुक्त पार्न? सक्दैनन्।
यहूदाका शहरहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। यरूशलेम वरिपरिका सु-साना गाऊँहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। मानिसहरू बिन्यामीन परिवारहरूको जमीनबाट राफेलको पहाडीदेशबाट अनि नेगेबबाट आउनेछन्। ती मानिसहरूले होमबलि, मेलबलि, अन्नबलि, र धूप र धन्यवादको बलिहरू परमप्रभुको मन्दिरमा ल्याउनेछन्।
यो तिम्रो नाउँ हो किनभने परमेश्वर भन्नुहुन्छ ‘म तिमी स्वयंलाई आतङ्क बनाई दिनेछु। म चाँडै तिम्रा मित्रहरूका निम्ति तिमीलाई एक आतङ्क बनाइदिनेछु। शत्रुहरूले आफ्नो तरवारद्वारा तिम्रा साथीहरूलाई मारिरहेको तिमीहरूले देख्नेछौ म यहूदाका मानिसहरूलाई बाबेलका राजाकहाँ सुम्पने छु। उसले यहूदाका मानिसहरूलाई बाबेलमा अनि सेनाले आफ्ना तरवारहरूले यहूदाका मानिसहरूलाई मार्ने छन्।
परमप्रभुले उहाँको मन्दिर अघाडी राखिएको दुइ डालो नेभारा देखाउनु भयो। मैले यो दर्शन यहूदाका राजा यहोयाकीमका छोरा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेमबाट निर्वासिन गराएर लगे पछि देखेको हो। यहोयाकीन र तिनका अधिकारीहरूलाई निपुण शिल्पकार र धातुकारहरूसितै लगियो।
म यहोयकीमका छोरो यहूदाका राजा यहोयाकीनलाई यस ठाउँमा फर्काइ ल्याउने छु। म ती सारा यहूदाका मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई नबूकदनेस्सरले आफ्ना घरहरू छोड्न बाध्य गराएर बाबेलतिर पठाएका थिए।’ परमप्रभु भन्नुहुन्छ, ‘यसकारण म बाबेलका राजाको जुवा भाँचिदिनेछु।”‘
पहाडी देशमा, पश्चिमी बेंसीमा, नेगेबमा, बिन्यामीनको शहरहरूमा, अनि यरूशलेम र यहूदाको वरिपरि सबै शहरहरूमा भेडाका बथानहरू हुनेछन् अनि भेडा गोठालाहरू र भेडाहरू गन्ती गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।
नबूजरदान बाबेलका राजाको विशेष सैनिकका कप्तान थिए। उनले शहरमा छोडिएका बाँकी मानिसहरूलाई ज-जसले समर्पण गरेका थिए अनि अन्य जो रहेकाहरूलाई कैदी बनाई बाबेलमा ल्याए।