Home Bibles यर्मिया 13:16 · नेपाली बाइबल
यर्मिया 13:16 · नेपाली बाइबल

परमेश्वर आफ्ना परमप्रभुलाई सम्मान् गर। उहाँलाई प्रशंसा गर नत्रता उहाँले अन्धकार ल्याउनु हुनेछ। तिमीहरू अन्धकारको पहाडहरूमा झर्न अगि प्रशंसा गर यहूदाका मानिसहरू तिमीहरूले उज्यालोको आशा गरिरहेछौ। तर परमप्रभुले डरलाग्दो अन्धकार ल्याउनु हुनेछ। उसँले उज्यालोलाई बद्लेर बाक्लो अन्धकार बनाउनु हुनेछ।

Cross references

प्रस्थान 10:21

तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो हातमाथि हावामा उठाऊ अनि अँध्यारोले मिश्रलाई ढाक्नेछ। अँध्यारो यति निष्पट्ट हुनेछ तिमीले त्यो अनुभव गर्नेछौ।”

यहोशू 7:19

तब यहोशूले आकानलाई भने, “छोरो, तैंलेपरमप्रभु इस्राएलका परमेश्वरलाई सम्मान गर् अनि उहाँको अघि तेरो पाप स्वीकार गर्। मलाई भन तैंलेके गरिस् अनि मबाट कुनै कुरा पनि लुकाउने चेष्टा नगर्।”

1 शमूएल 6:5

गिर्खाहरू र मूसाका नमूनाहरू बनाऊ त्यसले देशलाई नष्ट गरिरहेको छ। इस्राएलका परमेश्वरलाई ती सुनका नमूनाहरू भुक्तानीको रूपमा प्रदान गर। त्यसपछि यो हुन सक्ला इस्राएलका परमेश्वरले तिमीहरू, तिमीहरूका देवता र तिमीहरूको देशमा दण्ड दिन बन्द गर्नु हुनेछ।

भजनसंग्रह 29:2

परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं। आफ्ना खास पोशाकलगाएर उहाँको उपासना गरौं।

भजनसंग्रह 44:19

तर, परमेश्वर, तपाईंले हामीलाई यस ठाउँमा मिच्नु भयो जहाँ स्यालहरू बस्दछन्। तपाईंले हामीलाई त्यस ठाउँमा छाडिदिनु भयो जुन मृत्यु भन्दा पनि भयानक अंध्यारो छ।

भजनसंग्रह 96:7

परिवारहरू, जातिहरू परमप्रभुको प्रशंसा र महिमाको गीत गाऔं।

हितोपदेश 4:19

दुष्टहरूको चाल अत्त्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खाँन्छ।

उपदेशक 11:8

तिम्रो आयु जतिसुकै लामो रहोस्, जीवनको हरेक दिन आनन्द पूर्वक बिताऊ। तर याद राख, तिमी मर्छौ। अनि जति लामो समय तिमी बाँच्छौ मरे पछि त्यो भन्दा लामो तिम्रो समय बिन्छ प्रत्येक कुरा जे घट्नेछ त्यो व्यर्थ हुन्छ।

उपदेशक 12:1

सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। बुढेसकाल आउन अघि समय नै उनलाई सम्झ। उमेर ढले पछि। मैले मेरो जीवन खेर फालें।” भन्नु नपरोस्।

यशैया 5:30

यसकारण, ‘सिंह’ समुद्रका छालहरू जस्तै गर्जनेछ। समातिएका मानिसहरू भूइँतिर हेर्ने गर्दछन तब त्यहाँ अन्धकार मात्र हुनेछ। सम्पूर्ण प्रकाश बाक्लो कालो बादल जस्तो हुनेछ।

यशैया 8:22

यदि तिमीहरूले आफ्नै देशको वरिपरि हेर्यौ भने तिनीहरूले संकष्ट र उदासपूर्ण अन्धकार मात्र देख्नेछौ - त्यसता अन्धकारमय नैराश्यले गर्द। आफ्नो देश त्यागेर जान वाध्य हुनेछौ। अनि जो मानिसहरू त्यस्तो अन्धकारमय पासोमा पर्छन तिनीहरू आफूलाई स्वतन्त्र पार्ने योग्यका सम्म बन्दैनन्।

यशैया 59:9

सबै न्याय र धार्मिकता हराएर गयो। यहाँ हाम्रा सामु अन्धकार मात्र छ। यसर्थ उज्यालोकोलागि हामीले पर्खनु पर्छ। हामी चहकिलो प्रकाशको आशा गर्दछौं तर हामी सबैमा अन्धकार मात्र छ।

यशैया 59:10

हामी आँखाहरू नभएका मानिसहरू जस्ता छौं हामी अन्धाहरू झैं भित्ता छाम्दै हिँडछौ। हामी ठोकिन्दै लडछौं मानौ यो रात हो हामी दिनको उज्यालोमा पनि देख्न सक्तैनौ मध्यदिनमा हामी मृत मानिस जस्तै लडछौं।

यशैया 60:2

अब अन्धकारले पृथ्वी ढाक्छ अनि मानिसहरू अन्धकारमा पर्नेछन्। तर परमप्रभु तिमीहरूमाथि चम्कनु हुन्छ अनि उहाँको महिमा तिनीहरूमाथि देखा पर्नेछ।

यर्मिया 4:23

मैले पृथ्वीमा हेर। यो खाली थियो। यसमा केही पनि थिएन्। मैले आकाशमा हेरें अनि यसको प्रकाश धीमा भइसकेको थियो।

यर्मिया 8:15

हामीले व्यर्थमा शान्ति पाउने आशा गर्यौ।” हामीले निको हुने आशा गर्यौं तर डर मात्र हात लाग्यो।

यर्मिया 14:19

“हे परमप्रभु, के तपाईंले यहूदा राज्यलाई सम्पूर्णरूपले त्याग्नु भयो? हे परमेश्वर, के तपाईंले सियोनलाई घृणा गर्नुहुन्छ? तपाईंले यस्तो प्रकारले हामीलाई घात गर्नुभयो कि फेरि हामी ठीक हुन सक्तैनौं। हामी शान्तिको प्रतीक्षा गरिरहेका छौं, तर कुनै लाभ भएको छैन। हामी निको हुने समय पर्खिरहेका छौ, तर त्रास मात्र पो आउँछ।

यर्मिया 23:12

“यसकारण, तिनीहरूको बाटो अन्धकारले ढाकेको चिप्लो हुनेछ अनि तिनीहरू कालो अन्धकारमा झर्नेछन्। म ती पूजाहारीहरू र अगमवक्ताहरूमाथि विपद ल्याइ सजाय दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।

विलाप 4:17

सहायताको निम्ति हेर्दा हेर्दा हाम्रो आँखाहरू टट्टाए। तर कतैबाट सहायता आएन। हामीले स्वयंलाई बचाउँन कुनै एक जातिलाई हेर्यौं। तर कुनै जाति पनि आएन।

योएल 2:2

त्यो दिन अन्धकार उदासी दिन हुनेछ। त्योदिन धेरै अँध्यारो र बादलले ढाकेको हुनेछ। तिमीहरु विशाल र शक्तिशाली मानिसहरु पर्वतमा अन्धकार झैं फैलिंदै गरेको देख्ने छौ। तिनीहरु जस्ता धेरै संख्यामा मानिसहरु पहिले त्यहाँ कहिल्यै पनि आएका थिएनन् अनि न त भबिष्यमा यस्तो हुनेछ।

आमोस 8:9

परमप्रभुले भन्नुभयो, “म सूर्यलाई मध्यदिनमा अस्ताउने बनाईदिनेछु अनि पृथ्वीको दिनको उज्यालोलाई अँध्यारो बनाईदिनेछु।

मलाकी 2:2

यदि तिमीहरूले सुन्दैनौ र मेरोनाउँलाई सम्मान गर्दैनौ भने तिमीहरूलाई खराब हुनेछ। तिमीहरूले आशिर्वाद दिनेछौ तर त्यो श्रापमा परिणत हुनेछ। यदि तिमीहरूले मेरो नाउँमा सम्मान गरेनौभनें म खराब गर्नेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

यूहन्ना 12:35

तब येशूले भन्नुभयो, “ज्योति अझ केही समयको लागि तिमाहरूसँग रहनेछ। यसर्थ जति वेला सम्म उज्यालो छ त्यति वेला सम्म हिडडुल गर ताकि अँध्यारोले तिमीहरूलाई समात्ने छैन। जो मानिस अन्धकारमा हिंडछ उसले ऊ कहाँ गई रहेछ थाहा पाउँदैन।

1 पत्रुस 2:8

जसले विश्वास गर्दैनन् तिनीहरुको निम्ति उहाँ हुनुहुन्छ् “एक ढुङ्गा जसले मानिसहरुलाई ठेस लगाउँछ, एक ढुङ्गा जसले मानिसहरुलाई लडाउँछ।”

1 यूहन्ना 2:10

जसले आफ्ना भाइ अनि बहिनीहरुलाई प्रेम गर्छ, त्यो प्रकाशमा बसेको हुन्छ अनि जसले पाप गराँउछ त्यस्तो त्यस व्यक्तिमा केही पनि हुँदैन।

Interlinear

Choose Theme