Home Bibles यशैया 59:19 · नेपाली बाइबल
यशैया 59:19 · नेपाली बाइबल

तब नै पश्चिमका मानिसहरू परमप्रभुसित डराउँछन् अनि उहाँलाई सम्मान गर्छन्। पूर्वका मानिसहरू डराउनेछन् अनि उहाँको महिमाको आदर गर्नेछन्। तेज बग्ने नदी प्रवल हावाले हुत्याए झैं गरी परमप्रभु झट्टै आउनु हुनेछ।

Cross references

भजनसंग्रह 22:27

टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून् र उहाँतिर फर्केर आऊन्! विदेशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।

भजनसंग्रह 102:15

मानिसहरूले परमप्रभुको नाउँको उपासना गर्नेछन्। परमेश्वर, पृथ्वीमा भएका राजाहरूले तपाईंलाई सम्मान गर्नेछन्।

भजनसंग्रह 102:16

परमप्रभुले फेरि सियोन बनाउँनु हुनेछ। मानिसहरूले फेरि उहाँको महिमा देख्नेछन्।

भजनसंग्रह 113:3

परमप्रभुको नाउँको प्रशंसा पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाँउ सम्म भइरहोस्।

यशैया 8:7

तर म परमप्रभु अश्शूरका राजालाई तिमीहरूको विरूद्धमा ल्याउनेछु। तिनीहरू यूफ्रेटिस नदीको बाढी जस्तै भयानक भएर आउनेछन्। यो यस्तो हुनेछ कि नदीमा बाढी आउँदा किनारहरू भत्काउँदै आउने उर्लेको पानी जस्तै हुनेछ।

यशैया 11:9

यी सारा कुराहरूले त्यहाँ शान्ति छाएको देख्न सकिन्छ। कुनै मानिसले पनि एक-अर्कालाई आघात पुर्याउने छैन्। मानिसहरू जो मेरो पवित्र पर्वतमाथि छन तिनीहरूले कुनै चीजहरू पनि नष्ट गर्ने छैनन्। किन? किनभने मानिसहरूले साँचो मनले परमप्रभुलाई चिने। समुद्र पानीले परिपूर्ण भए जस्तो तिनीहरू पनि उहाँको बारेमा भरिपूर्ण हुनेछन्।

यशैया 24:14

छाडिएका मानिसहरू चिच्याउन थाल्नेछन्। तिनीहरूका चिच्याहट समुद्रका गर्जन भन्दा पनि जोडले हुनेछ। तिनीहरू परमेश्वरको महानताले गर्दा खुशी हुनेछन्।

यशैया 30:28

परमप्रभुको सास एउटा महानदी समान छ जुन त्यतिञ्जेल सम्म बढिरहनेछ, जब सम्म त्यो घाँटी सम्म पुग्दैन्। परमप्रभुले राष्ट्रहरूमाथि न्याय गर्नुहुनेछ। परमप्रभुको न्याय गराई राष्टहरूलाई विनाश चाल्नीमा चले झैं हुनेछ। परमप्रभुले तिनीहरूलाई आफ्नो मुट्ठीमा ल्याउनु हुनेछ। त्यो काबु पशुलाई रत्याउनु लगाइएको लगाम जस्तै हुनेछ। त्यसले तिनीहरूलाई विनास तिर डोर्याउनेछ।

यशैया 45:6

यी कुराहरू गर्छु ताकि सारा मानिसहरूले म नै परमेश्वर हुँ भनेर जानुन्। पूर्वदेखि पश्चिम सम्मका मानिसहरूले म परमप्रभु हुँ भनेर जानुन्, अनि त्यहाँ म बाहेक अरू कुनै परमेश्वर छैन।

यशैया 49:12

हेर, मानिसहरू टाढा-टाढाबाट मकहाँ आइरहेछन् उत्तर अनि र पश्चिमबाट आइरहेछन्। मानिसहरू मकहाँ मिश्रदेश अन्तर्गत आस्वानबाट आइरहेछन्।”

यशैया 66:18

“म जान्दछु, ती मानिसहरूसँग नराम्रो विचारहरू थिए र नराम्रो कामहरू गरे। यसकारण म तिनीहरूलाई दण्ड दिन आइरहेकोछु। म सबै राष्ट्रहरू र मानिसहरू बटुल्नेछु। सबै मानिसहरूसँगै आउनेछन् अनि मेरो शक्ति देख्नेछन्।

दानियल 7:27

अनि राज्यधिकार र सर्वाधिकार र स्वर्ग मुनिका सारा राज्यहरूको महिमा सर्वोच्चका पवित्र जनहरूलाई दिइनेछ। तिनीहरूको राज्यधिकार सदा सर्वदा हुनेछ। अनि सर्वाधिकार राख्नेहरूले तिनीहरूकै सेवा गर्नेछन् र तिनीहरूकै आज्ञा पालन गर्नेछन्।’

सपन्याह 3:8

परमप्रभु भन्नुहुन्छ, “यसकारण म उठुञ्जेल अनि तिम्रो न्याय गरूञ्जेल पर्ख। धेरै जातिका मानिसहरू ल्याउँने अनि तिमीलाई दण्ड दिनको निम्ति तिनीहरूलाई प्रयोग गर्ने मेरो निर्णय हो। तमीहरूको बिरूद्ध मेरो क्रोध देखाउँन म तिनीहरूलाई प्रयोग गर्नेछु। म कति रिसाएको छु त्यो देखाउँनु र समस्त देश नष्ट गराउँनु म तिनीहरूलाई प्रयोग गर्नेछु।

जकरिया 4:6

तब उनले मलाई भने, “यो समचार परमप्रभुबाट यरुबाबेललाई दिनुभएको हो, तिम्रो सहाएता अनि तिम्रो बल अनि शक्तिबाट आउँदैन तर सहायता मेरो आत्माबाट आउँनेछ।” सर्वशक्तिमान परमप्रभुले भन्नुभयो।

मलाकी 1:11

“सूर्योदय देखि सूर्यास्त सम्म मानिसहरूले मेरो सम्मान गर्छन्, ती सबैले मेरो निम्ति राम्रा-राम्रा भेटीहरू ल्याउँछन्। तिनीहरूले मेरो भेटीको रूपमा राम्रा धूपबाल्छन्। किन? किनभने मेरो नाउँ ती सम्पूर्ण मानिसहरूको निम्ति महत्वपूर्ण छ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।

2 थिस्सलोनिकी 2:8

त्यसपछि त्यो दुराचारी निस्कनेछ र प्रभु येशूले त्यसलाई आफ्नो मुखको श्वासले मारिदिनु हुनेछ। परमप्रभुले दुष्ट मानिसलाई आफ्नो गौरवमय आगमनले नाश गरिदिनु हुनेछ।

प्रकाश 11:15

सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरु भयो। आवाजहरुले भने,”“संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ। अनि उहाँले सदासर्वदा शासन गर्नेछन्।”

प्रकाश 12:10

तब मैले स्वर्गमा ठूलो स्वरमा भनेको सुने “हाम्रा परमेश्वरको विजय, शक्ति, अनि राज्य अनि ख्रीष्टको अधिकार अब आएको छ। किनभने हाम्रो भाइहरुलाई दोषलगाउने पयाँकिएको छ। उसले हाम्रो भाइहरूलाई परमेश्वरको अघि दिन रात दोष लगाई रहेको थियो।

प्रकाश 12:15

तब त्यस सर्पले आफ्नो मुखबाट नदीले जस्तो पानी पोखायो। त्यस सर्पले त्यस स्त्री तिर पानी खन्यायो जसद्वारा उसलाई बाढीले बगाउन सक्थ्यो।

प्रकाश 17:14

तिनीहरुले परमेश्वरको थुमासित लडाईं गर्नेछन्। तर परमेश्वरको थुमाले तिनीहरुलाई परास्त गर्नेछ, किनभने जहाँ प्रभुहरुका परमप्रभु अनि राजाहरुका राजा हुनुहुन्छ। उहाँले तिनीहरुलाई उहाँद्वारा चुनिएका अनि बोलाइएका विश्वासी चेलाहरुद्वारा परास्त गर्नुहुनेछ।”

प्रकाश 20:1

मैले एक स्वर्गदूतलाई स्वर्गबाट ओर्लिहरेको देखें। त्यो स्वर्गदूतसित अतल खाडलको चाबी थियो। त्यो स्वर्गदूतले आफ्नो हातमा एक ठूलो साङ्लो पनि समातेको थियो।

Interlinear

Choose Theme