Home Bibles यशैया 49:16 · नेपाली बाइबल
यशैया 49:16 · नेपाली बाइबल

हेर, मैले तेरो नाउँ मेरो हत्केलामा खोपेको छु। म सारा समय तेरो बारेमा सोच्दछु।

Cross references

प्रस्थान 13:9

“यस पवित्र चाडले तिमीहरूलाई सम्झना गराउने छ यो हातमा बाँधेको धागो आँखाअघि राखिएको चिन्ह जस्तो हुनेछ। यस पवित्र दिनले तिमीहरूलाई परमप्रभुले दिनु भएको उपदेशहरू सम्झना गराउनेछ। यसले तिमीहरूलाई त्यही दिनको सम्झना गराउँछ परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरेर तिमीहरूमाथि करूणा गर्नु भएको थियो।

भजनसंग्रह 48:12

सियोनको चारैतर्फ हिंड्। शहरमा हेर। त्यहाँका अग्ला महलहरू गन।

श्रेष्ठगीत 8:6

मलाई तपाईंको हृदयमा छाप लगाउँनु होस् यदि म एउटा औंठी जस्तै भएर तपाईंको हातमा रहन्छु, प्रेम मृत्यु जस्तै प्रबल हुन्छ, अनि तृष्णा चाहिँ चिहान जस्तै शक्तिशाली हुन्छ कुनै ज्वालाभन्दा पनि कडा, त्यो दन्केको आगो झैं दन्किन्छ।

यशैया 26:1

त्यसबेला मानिसहरूले यहूदामा यो गीत गाउनेछनपरमप्रभुले, हामीलाई हाम्रो मुक्ति दिनु हुनेछ। हामीसँग बलियो शहर छ। हाम्रो शहरको दरिलो पर्खाल र रक्षकहरू छन्।

यशैया 54:12

भित्ताको माथिल्लो तहका ढुङ्गाहरू लालमाणिहरूले बनाउनेछु। मूलद्वार बहुमूल्य चम्कने रत्नहरूले सजाउनेछु। तिम्रा वरिपरिका भित्ताहरूमा बहुमूल्य रत्नहरू जडनेछु।

यशैया 60:18

“त्यहाँ तिम्रो देशमा फेरि कहिल्यै अत्याचारको खबरहरू आउने छैनन्। मानिसहरूले फेरि कहिल्यै तिम्रो देशमा आक्रमण र चोरी गर्ने छैनन्। तिमीले आफ्नो भित्ताहरूको नाउँ ‘मुक्ति’ भनेर लेख्नेछौ। तिमीले आफ्नो प्रवेशद्वारको नाउँ ‘स्तुति’ राख्नेछौ।

यशैया 62:6

“यरूशलेम, म तिम्रा पर्खालहरूमाथि रक्षकहरू खटाउनेछु। ती रक्षकहरू चुप लागेर बस्ने छैनन्। तिनीहरू रात दिन प्रार्थना गरिरहनेछन्।” रक्षकहरू! तिमीहरूले परमप्रभुलाई प्रार्थना अवश्य गर्नुपर्छ। तिमीहरूले उहाँलाई आफ्ना वचनहरूको सम्झना गराउनु पर्छ। कहिल्यै प्रार्थना गर्न नचुक।

यर्मिया 22:24

“जस्तो म निश्चित रूपमा बस्छु,” यो परमप्रभुको सन्देश हो, “म यस्तो तिम्रो लागि गर्नेछु। यहोयाकीमको छोरो यहूदाको राजा, यहोयाकीन यदि तिमी मेरो दाहिने हातको छाप-औठी हुँदो हौ त म तिमीहरूलाई थुतेर फ्याँक्ने थिएँ।

हाग्गै 2:23

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म त्यस दिन शालतीएलका छोरा, आफ्नो सेवक यरूबाबेललाई लिन्छु। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “अनि म तिमीलाई छाप लगाउने औंठी बनाउने छु। किन? किनभमे मैले तिमीलाई रोजेकोछु।”सर्वशक्तिमान परमप्रभुले यी सबै कुरा भन्नु भयो। 

प्रकाश 21:10

ती स्वर्गदूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर, यरुशलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट-तलतिर भरिरहेथ्यो।

Interlinear

Choose Theme