तर अहिले सियोनले भन्दछ, “परमप्रभुले मलाई त्याग्नु भयो, मेरो मालिकले मलाई भुल्नु भयो।”
Cross references
हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ? के मलाई सदाको लागि बिर्सनु हुन्छ? कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नु हुन्छ?
हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो? मलाई बचाउन तपाईं किन यति टाढा हुनुहुन्छ! तपाईं मेरो विलौना, गुहार सुन्नलाई कति टाढा हुनुहुन्छ!
म भयभीत थिएँ अनि मैले भने, “म यस्तो ठाउँमा छु जहाँ परमेश्वरले मलाई देख्न सक्नु हुन्न। तर मैले तपाईंलाई प्रार्थना गरें, परमेश्वर अनि तपाईंले मेरो प्रार्थना सहायताका लागि सुन्नु भयो।”
रातमा, मैले आफ्ना गीतहरूको बारेमा सोच्ने प्रयास गरें। मैले आफैंलाई बुझ्ने कोशिश गरें।
तर तपाईंले आफ्ना अभिषिक्तलाई त्याग्नुभएको छ, र तुच्छ ठान्नुभएको छ, र तिनीसँग तपाईं रिसाउनुभएको छ।
हे याकूबका मानिसहरू! यो सत्य हो। इस्राएल यसलाई तिमीहरूले विश्वास गर्नै पर्छ। यसैले तिमी किन भन्छौ “मेरो जीवन शैली परमप्रभुले देख्न सक्नुहुन्न्। परमेश्वरले मलाई भेट्न सक्नुहुन्न र दण्ड दिन सक्नुहुन्न्।”
तिमी त्यस्ती आइमाई थियो जसलाई लोग्नेले त्यागिसकेको थियो। परमेश्वरको विषयमा तिमी तिम्रो अन्तर आत्मामा एकदमै दुखित थियौ, तर उहाँले तिमीलाई आफ्नो बनाउन बोलाउनु भयो। तिमी त्यस्ती आइमाई हौ जसले सानो उमेरमा विवाह गरेकी थिई। अनि उसको लोग्नेले परित्याग गरेको थियो। तर परमेश्वरले तिमीलाई आफ्नो बनाउन बोलाउनु भएको थियो।
मैले तिमीहरू र तिम्रा पिता-पुर्खाहरूलाई दिएको शहर र तिमीलाई माथि उचालेर म देखि पर फ्याँक्ने छु।
टाढाबाट परमप्रभु आफ्ना मानिसहरू अघि देखा पर्नु हुन्छ। परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गरें जुन सर्वदा रहीरहन्छ। यसर्थ मैले तिमीहरूलाई मेरो विश्वासयोग्यता कायम राखेको छु।
हे परमप्रभु, हामीलाई तपाईंले सदाको लागि बिर्से जस्तो देखियो। तपाईंले त्यस्तो लामो समयदेखि हामीलाई एक्लै छाडनु भयो।
तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ।