Home Bibles यशैया 10:14 · नेपाली बाइबल
यशैया 10:14 · नेपाली बाइबल

मेरा आफ्नै हातहरूले ती मानिसहरूका धन सम्पत्तिहरू लगेको छु जसरी एक मानिसले चराको गुँडबाट अण्डाहरू लैजान्छ। चराले प्रायः आफ्नो गुँड र अण्डाहरू छोड्छ। अनि त्यसलाई रक्षा गर्ने कोही पनि हुदैन्। त्यहाँ कुनै पनि चराले कराउँदै आफ्ना पखेटाहरू अथवा चूँ-चूँ गर्दै लडाइँ गर्न सक्तैन। यसैकारण मानिसहरूले अण्डाहरू लाने गछर्न्। त्यस्तै प्रकारले पृथ्वीमा त्यस्तो कुनै मानिस छैन जसले मलाई मानिसहरू लैजानदेखि रोक्न सक्छ।”

Cross references

2 इतिहास 32:13

निश्चय नै तिमीहरू जान्दछौ कि मेरा पुर्खाहरू अनि मैले अन्य देशका मानिसहरू प्रति के गरेका छु? अन्य देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाउँन सकेनन्। ती देवाताहरूले तिनीहरूका मानिसहरूलाई नष्ट गर्न देखि मलाई रोक्न सकेनन्।

अय्यूब 31:25

म धनी थिएँ तर धनले मेरो घमण्ड बढाएन। मैले प्रशस्त धन कमाएँ तर त्यसले मलाई सुखी बनाएन।

हितोपदेश 18:12

मानिसको पतन हुनु अघि उसको मनमा अहंकार आउँछ तर नम्रता आदरको अघि आउँछ।

हितोपदेश 21:6

झूटो बोलेर कमाएको सम्पत्ति वाफ झैं अस्थिर हुन्छ अनि त्यो घातक पासो बनिन्छ।

यशैया 5:8

तिमीहरू एकदमै नजिक-नजिकमा बस्छौ। कही कसैको लागि केही जग्गा नराखी घरहरू बनाउँछौ। तर परमप्रभुले तिमीहरूलाई दण्ड दिनुहुनेछ अनि तिमीहरूलाई एक्लो पार्नु हुनेछ। सम्पूर्ण भूमिमा तिमीहरूमात्र रहनेछौ।

यशैया 37:25

मैले इनारहरू खनें र नयाँ ठाउँहरूबाट पानी पिएँ। मैले मिश्रका नदीहरू सुक्खा पारी दिएँ अनि त्यस देशमाथि कुल्चेर हिडें।’

यर्मिया 49:16

एदोम! तिमीहरूले अन्य जाति-जातिहरूलाई भयभित पार्यौ अनि स्वयंलाई महान ठानेका छौं। तर तिमीहरू आफैलाई मूर्ख बनायौ। तिम्रा गर्वले तिमीलाई धोका दियो। तिमी फुटेको चट्टानमा बस्छौ; उच्च पहाडहरूमा बस्छौ। तर यदि तिमीले आफ्ना घर चीलको गुँड भन्दा माथि बनायौ भने पनि म तिमीलाई तल झार्नेछु।”

होशे 12:7

“याकूब एक व्यापारी हो। ऊ आफ्नो साथीहरू समेतलाई ठग्छ। उसको तराजु झूटो छ।

ओबदिया 1:4

परमेश्वर परमप्रभु भन्नुहुन्छ, “यद्यपि तिमीले चील जस्तै माथि उड्‌यौ, अनि आफ्नो गुँड ताराहरूको बीचमा बनायौ भने पनि, म तिमीलाई त्यहाँबाट तल ल्याउँनेछु।”

नहूम 2:9

हे, सैनिकहरु ज-जसले निनवेको नष्ट गरिरहेका छौ तिमीहरुले चाँदी लैजाऊ। तिमीहरुले सुन लैजाऊ। यहाँ सुन र चाँदीका धेरै वस्तुहरु छन्। यहाँ धेरै बहुमूल्य वस्तुहरुछन्।

हबकूक 2:5

परमेश्वर भन्नुहुन्छ, “दाखरसले मानिसलाई धोखा दिन सक्छ त्यस्तै प्रकारले एउटा शक्तिशाली मानिसको घमण्डले उसलाई मुर्ख बनाउँछ। त्यो मानिसले शान्ति पाउनेछैन। ऊ एउटा मृत्यु जस्तै हो, उसमे सधैं धेरै-धेरै इच्छा गर्छ। मृत्यू झैं ऊ कहिल्यै पनि तृप्त हुँदैन। उसले अर्को देशलाई सधैं हराई रहनेछ। उसले अन्य सबै राष्ट्रहरुलाई कैदी जस्तै लगिरहनेछ।

Interlinear

Choose Theme