Home Bibles यशैया 27:7 · नेपाली बाइबल
यशैया 27:7 · नेपाली बाइबल

परमप्रभुले आफ्ना मानिसहरूलाई कसरी दण्ड दिनु हुनेछ? बितेका दिनहरूमा शत्रुहरूले मानिसहरूलाई सताए। के त्यसरी नै परमप्रभुले पनि सताउनु हुन्छ? विगतमा, धेरै मानिसहरू मारिए। के परमप्रभुले पनि त्यसै गर्नु हुन्छ र सबै मानिसहरूलाई मार्नु हुन्छ?

Cross references

यशैया 10:20

त्यस बेला, इस्राएलमा छाडिएर बसेका याकूब परिवारका मानिसहरूले, जसले तिनीहरूलाई कुट्दछन् त्यस मानिसमा नै आफूलाई आश्रित पारी राख्ने छैनन्। तिनीहरूले साँचो रूपमा इस्राएलका परम-पवित्र अर्थात परमप्रभु परमेश्वरमाथि आश्रय हुने कुरा सिक्दछन्।

यशैया 14:22

सेनाहरूका परमप्रभुले भन्नुभयो, “म ती मानिसहरूका विरूद्धमा लडाई गर्न उपस्थित हुनेछु। त्यो नाउँ चलेको शहर बाबेल ध्वंश पार्नेछु। म बाबेलका मानिसहरूलाई नष्ट पार्नेछु। म तिनीहरूका नानीहरूलाई नष्ट गर्नेछु। तिनीहरूका नाती र नातिनीहरूलाई नष्ट पारिदिनेछु।” परमप्रभु स्वयंले त्यस्ता कुराहरू भन्नुभयो।

यशैया 17:3

एप्रैम शहरहरूको किल्ला ध्वंश हुने छ। दमीशकको शासन अन्त हुनेछ। जुन घट्ना इस्राएलमा भएको थियो त्यहि घटना अराममा हुनेछ। अनि प्रमुख मानिसहरू हटेर जानेछन्।”सेनाहरूका परमप्रभुले भन्नुभयो कि ती कुराहरू घट्नेछ।

यशैया 17:14

त्यो रात मानिसहरू भयभीत हुनेछन्। बिहान हुन अघि केही छोडिएको हुने छैन। यसकारण हाम्रा शत्रुहरूले केही पनि पाउँने छैनन् अनि त्यहाँ केही हुनेछैन।

यशैया 37:36

त्यस रात, परमप्रभुका दूत गएर अश्शूरहरूको छाउनी एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब बाँचेका मानिसहरू बिहान ब्यूँझे तिनीहरूले आफ्ना वरिपरी मृत शरीरहरू देखे।

यर्मिया 30:11

हे इस्राएल र यहूदका मानिसहरू, म तिमीहरूसँग छु।” यो परमेश्वरबाट आएको सन्देश हो। “म तिमीहरूको रक्षा गर्नेछु। मैले तिमीहरूलाई जुन देशहरूमा तितर-बितर पारें ती सब नष्ट पार्नेछु तर तिमीहरूलाई नष्ट पार्दिन। यद्यपि तिमीहरूले तिमीहरूको अनिष्ट कर्मको लागि सजाय भोग्ने पर्नेछ तर म तिमीहरूलाई ठीकसित अनुशासित पार्ने छु।”

यर्मिया 50:33

सेनाहरूका परमप्रभु भन्नुहुन्छ “इस्राएल र यहूदाका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाई लगियो। तिनीहरूलाई कैद गर्नेहरूले तिनीहरूलाई पक्रेर राखेका छन् र मुक्त पार्न अस्वीकार गरे।

यर्मिया 50:40

परमेश्वरले सदोम र गमोरालाई पूर्ण रूपले ध्वंस पार्नु भयो अनि त्यसका वरिपरिका शहरहरू पनि ध्वंस पारिदिनु भयो। अनि ती शहरहरूमा अब कोही पनि बस्ने छैन। त्यस्तै प्रकारले, कुनै मानिस बाबेलमा बस्ने छैन्। अनि कोही मानिस त्यहाँ बस्न जाने छैन।

यर्मिया 51:24

तर म बाबेल र सबै कल्दीहरूलाई तिनीहरूले सियोन विरूद्ध गरेका जम्मै अनिष्ट कार्यहरू फर्काइदिनेछु।” परमप्रभु ती कुराहरू भन्नुहुन्छ।

दानियल 2:31

“हे राजा, तपाईंको सपनामा एउटा ठूलो मूर्ति आफ्नो छेउमा उभिएको देख्नु भयो जो चम्किरहेको थियो अनि साह्रै आर्कषक थियो। यसको रूप डरलाग्दो थियो।

नहूम 1:14

हे अश्शूरको राजा! तिम्रो सम्बन्धमा परमप्रभुले यो आज्ञा दिनुभएकोछ, तिम्रो नाउँ राख्नलाई तिम्रो कुनै सन्तान रहनेछैन।तिम्रो खोपेको अनि धातुले बनाएको मुर्ति जुन तिम्रो देवताको मन्दिरमा राखिएको छन्, म ती सबै ध्वंश पार्नेछु। म तिम्रा निम्ति चिहान बनाउँदैछु किनकि तिम्रो अन्तिम क्षण आउँदैछ।

नहूम 3:19

निनवे, तिमी नराम्रो प्रकारले घायल भएका छौ, अनि त्यस्तो कुनै चीज छैन जसले तिम्रो घाउहरु निको पार्छ। ज-जसले तिम्रो बिनाशको समचार सुन्छन् तिनीहरु सबैले ताली बजाउँछन्। उनीहरु सबै प्रसन्न हुन्छन्। किन? किनभने उनीहरु सबैले यो पिडा अनुभव गरेकाछन् जुन तिनीहरुले उनीहरुलाई सधैं दुःख दिने गर्थ्यौ। 

Interlinear

Choose Theme