शत्रुहरू चिच्याउँदछन अनि कोलाहल मच्चाउँछन्। शत्रुले भयानक चुनौतीहरू दिन्छन्। तर परमप्रभु तपाईंले, तिनीहरूलाई रोक्नु हुन्छ। गर्मीको बेला मरूभूमिमा झारपातहरू ओइलिंदै भूईंमा खस्दछ। त्यस्तै प्रकारले, तपाईंले शत्रुलाई पराजित गराउँदै घुडाँ टेक्न बाध्य गराउनु हुन्छ बाक्लो बादलहरूले ग्रीष्म ऋतुको तापईंलाई रोक्छ। त्यस्तै प्रकारले, तपाइँले भयानक शत्रुको कोलाहल बन्द गरिदिनु हुन्छ।
Cross references
त्यो मानिस एक उद्भिद् जस्तो छ जसमा प्रशस्त पानी र घामको किरण छ त्यसको हाँगाहरू सबै बगैंचाभरि फैलिएको छ।
परमेश्वर, यी अनन्त भग्नावशेषहरूबाट हिंडेर आउनु होस्, पवित्र ठाउँमा जुन शत्रुहरूले नष्ट गरेको तर्फ फर्की आउनु होस्।
अन्य सम्प्रदायरूले हामीलाई यसो नभनोस्, “तिम्रो परमेश्वर कहाँ छ? के उसले तिमीहरूलाई सहायता गर्न सक्तैन?” परमेश्वरले ती मानिसहरूलाई दण्ड दिन्छन्, यसकारण हामी त्यो हेर्न चाहन्छौं। तिनीहरूलाई दण्ड दिनुहोस् जसले तपाईंको दासहरू मारी दिए।
परमेश्वरले कम्बल जस्तो बादल फिंजाई दिनुभयो। परमेश्वरले आफ्नो आगो राती उज्यालो पार्नलाई तिनीहरूलाई दिनुभयो।
अश्शूरले आफू स्वयंलाई भन्दछ, ‘मेरा सारा अगुवाहरू राजाहरू जस्ता हुन्!
त्यस दिन सेना नोबमा रोकिनेछन्। अनि सेनाहरू यरूशलेमका पहाड, सियोन पर्वत विरूद्ध लडाइँ गर्न तयार हुनेछन्।
परमेश्वर भन्नुहुन्छ, “म यस संसारमा नराम्रा कुरा हुने कारण सृष्टि गर्नेछु। म दुष्ट मानिसहरूलाई तिनीहरूको पापको लागि दण्ड दिन्छु। म घमण्डीको शेखी झारिदिनेछु। म तिनीहरूप्रति कुनै दया-माया राख्ने छैन।
सारा ती अगुवाहरूले तिमीहरूको खिल्ली उडाउने छन्। तिनीहरूले भन्ने छन्, “अब तिमी हामीहरू जस्तै मृत-शरीर हौ। अब तिमीहरू खाली हामीहरू जस्तै हौ।”
तर ए दुष्ट राजा तिमी आफ्नै चिहानबाट स्वयं फ्याँकियो। तिमी हागाँ हो जो रूखबाट काटिएर टाडो फ्याँकिएको छौ। तिमी युद्धमा ढलेको मृत मानिस जस्तो छौ जसमाथि अन्य सिपाहीहरूले कुल्चेर हिडदछन्। अहिले तिमी अन्य मृत मानिस जस्तो देखिन्छौ। तिमी कात्रोमा बेरिएका छौ।
धेरै धेरै मानिसहरूलाई सुन! तिनीहरू समुद्रमा उठेका छाल जस्तै चिच्याउँदै रोइरहेका छन्। ती हल्लाहरूलाई सुन, ती हल्लाहरू समुद्रमा छालहरू उर्लेको आवाजहरू जस्ता छन्।
परमप्रभुले भन्नुभयो, “मेरा निम्ति तयार पारेको ठाउँमा म हुनेछु। म चुपचाप ती घटनाहरू भएको हेर्नेछु।
परमप्रभुले उहाँको महान वाणी सुन्न मानिसहरूलाई विवश पार्नु हुनेछ। परमप्रभुले आफ्नो रिसले शक्तिशाली पाखुरा तल झरेको हेर्न मानिसहरूलाई विवश पार्नु हुनेछ। त्यो पाखुरा सम्पूर्ण कुराहरू जलाई दिने भयानक आगो सरह हुनेछ। परमप्रभुको शक्ति वर्षा र असिना बर्साउने भयानक तूफान जस्तो हुनेछ।
मानिसहरू भोको हुने छैनन्। तिनीहरू तिर्खाउने छैनन्। तातो घाम र बतासले तिनीहरूलाई हानि पुर्याउने छैन्। किन? किनभने परमेश्वरले तिनीहरूलाई सान्त्वना दिनुहुनेछ अनि उहाँले तिनीहरूलाई डोर्याउनु हुनेछ। उहाँले तिनीहरूलाई पानीका श्रोतहरूको छेउमा लैजानु हुनेछ।
तर परमप्रभु, भन्नुहुन्छ, “कैदीहरू भाग्नेछन्। टाढाका ती बलबान सिपाहीबाट कतिजनाले ती कैदीहरू लैजाने छन्। यो कसरी हुनेछ? तिम्रो युद्ध म लड्नेछु। म तिम्रो नानीहरूको रक्षा गर्नेछु।
मेरा कुनै पनि सैन्यले तिम्रो विरूद्धमा लडाइँ गर्ने छैन। यदि कुनै सैनिकले आक्रमण गर्यो भने तिमीले त्यस सैन्यलाई पराजित गर्नेछौ।
यदि तपाईंले आकाश च्याति पृथ्वीमा झार्नु भयो भने प्रत्येक कुराहरू परिर्वतित हुने थियो। पर्वतहरू तपाईं समक्ष पग्लने थिए।
“बाबेल, तिमी उत्तेजित र खुशी छौ। किनभने तिमीले मेरो पैतृक सम्पत्ति लूट्यौ। तिमी हरि्यो घाँसमाथि कोरली गाई झैं नाचिरहेकाछौ। तिमीहरू घोडाहरू झैं हिन्न लागिरहेका छौं।
बाबेलका मानिसहरू गर्जने जवान सिंह जस्तै छन्। तिनीहरू डमरूहरूझै र्गजिन्छन्।
स्वर्गसम्म बाबेल बढ्न सक्छ। उसले उसका किल्लाहरू बलियो बनाइदिनेछ। तर उसको विरूद्ध ध्वंसक पठाउनेछु।” परमप्रभुले यो कुरा भन्नुभयो।
“हे मानिसको छोरो, मिश्रका मानिसहरूका निम्ति रूँनु। मिश्र अनि ती छोरीहरूलाई शक्तिशाली राष्ट्रहरूबाट चिहान सम्म पुर्याऊ। तिनीहरूलाई खाल्डोमा लैजाऊ जहाँ तिनीहरू ती मानिसहरूसित सम्मलित हुन्छ जो पहिले नै खाल्डामा गइसकेकाछन्।
तर तिमी तिनीहरूमाथि आक्रमण गर्न आउँनेछौ। तिमी तुफान जस्तै आउँनेछौ। तिमी देशलाई ढाक्दै गर्जने बादल जस्तै आउँछौ। तिमी अनि धेरै राष्ट्रहरूलाई तिम्रो सैनिकहरूको समूह, यी मानिसहरूमाथि आक्रमण गर्न आउँनेछन्।”‘
“उहाँले मलाई यो जवाफ दिनुभयो ‘चौथो डरलाग्दो पशुले एउटा अर्को चौथो राज्यको प्रतिनिधित्व गर्छ। यो अरू राज्यहरू भन्दा बेग्लै हुनेछ। यस चौथो राज्यले समस्त पृथ्वीलाई निल्नेछन्, यसलाई कुल्चेर धूलो-पीठो पार्नेछ।
“‘फेरि राजाले जे इच्छा लाग्यो त्यही गर्नेछन। उसले आफ्नो विषयमा बढि-बढाईं गर्नेछ, अनि आफ्नो प्रशंसा गर्ने छ। उसले सोच्ने छ ऊ कुनै देवता भन्दा ज्यादा राम्रो छ। उसले यस्तो कुरा गर्नेछ जुन कहिल्ये कसैले पनि सुनेको छैन। उसले देवताहरूको परमेश्वरको विरोधमा यस्तो कुरा गर्नेछ। ऊ त्यति बेला सम्म सफल हुन्छ जतिबेला सम्म यो सबै नराम्रो घट्नाहरू घट्दैन, तर नराम्रो घट्ना अवश्य घट्नेछ।
यी सबै कुराहरुले योना अझैपनि रिसाई रहेका थिए। यसकारण उनी शहर बाहिर गए। योना यस्तो शहरमा गए जुन शहर पूर्वी प्रदेशको नजिकमा थियो। योनाले त्यहाँ आफ्नो निम्ति छाप्रो बनाए। फेरि त्यसको छायाँमा बसेर यस्तो कुरा सोच्न थाले कि अब शहरमा के घट्ने हो।
तब मैले मन्दिरबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले ती सात स्वर्गदूतलाई भन्यो, “जाऊ अनि परमेश्वरको क्रोधका सात कचौराहरु पृथ्वीमा खन्याइदेऊ।”
शैतान पृथ्वीका समस्त राष्ट्रहरु गोग अनि मागोगलाई छल गर्न जानेछ। शैतानले लडाँईको निम्ति मानिसहरु भेला गर्नेछ। त्यहाँ ठूल्ठूला भीड लाग्नेछ अनि तिनीहरु समुद्र किनारको बालुवा सरी अनगन्ति हुनेछन्।