Home Bibles यशैया 18:4 · नेपाली बाइबल
यशैया 18:4 · नेपाली बाइबल

परमप्रभुले भन्नुभयो, “मेरा निम्ति तयार पारेको ठाउँमा म हुनेछु। म चुपचाप ती घटनाहरू भएको हेर्नेछु।

Cross references

2 शमूएल 23:4

त्यस्ता व्यक्ति हुनेछ र्स्‌योदय जस्तै; बादल नभएको बिहान जस्तै; पानी परेपछिको घाम जस्तै-जुन पानीले धर्तीमा कलिला घाँस उमार्छ।”

2 इतिहास 6:21

मेरा प्रार्थना अनि तपाईंका इस्राएलका मानिसहरूले गरेका प्रार्थना सुनिदिनुहोस्। हाम्रा प्रार्थना सुनिदिनुहोस् जब हामी यो मन्दिर तिर हेर्दै प्रार्थना गर्दछौं। तपाईं स्वर्गमा जहाँ रहनु हुन्छ त्यहींबाट सुनि दिनुहोस्। जब तपाईंले हाम्रा प्रार्थना सुन्नु हुन्छ, हामीलाई क्षमा प्रदान गर्नु होस्।

भजनसंग्रह 72:6

खेतहरूमा पानी वर्षे जस्तै, धर्तीमा पानी झरी जस्तै राजा बनोस्।

भजनसंग्रह 132:13

परमप्रभुले आफ्नो मन्दिरको लागि सियोन भन्ने ठाउँ रोज्नु भयो। त्यही ठाउँमा नै उहाँले आफ्नो घर बनाउन चाहनु भयो।

यशैया 12:6

हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ! इस्राएलका परमपवित्र परमेश्वर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ। त्यसैले आनन्दित हौऊ!

यशैया 14:32

त्यस सेनाले सन्देशवाहकहरूलाई तिनीहरूका देशमा पठाउनेछ, ती सन्देश-वाहकहरूले तिनीहरूका मानिसहरूलाई के भन्ने छन? तिनीहरूले घोषणा गर्नेछन्, पलिश्ती पराजित भयो, तर परमप्रभुले सियोनलाई बलियो बनाउनु हुने छ। अनि उहाँका गरीब मानिसहरू त्यहाँ सुरक्षित गए।

यशैया 18:7

त्यस समय सेनाहरूका परमप्रभुलाई विषेश भेट चढाइनेछ। त्यो भेट ती अग्ला अनि बलिया मानिसहरूबाट हुनेछ, अत्याचारीहरू ती मानिसहरूसित भयभीत हुन्छन् जो नदीले छुट्‌याएको भूमिमा बस्छन्। यो भेट परमप्रभुको स्थल सियोन पर्वतमा ल्याइनेछ।

यशैया 26:19

तर परमप्रभु भन्नुहुन्छ “तिम्रा मानिसहरू पहिल्यै मरिसकेका छन्, तर तिनीहरू फेरि बाँच्नेछन्। मेरा मानिसहरूका मृत शरीरहरू मृत्युबाट उठ्नेछन्। मृत मानिसहरू भूईंमा उभिएर आनन्दित हुन्छन्! शीतले तपाईंलाई यस प्रकार छोप्नेछ जसरी नयाँ विहानको शीतमा प्रकाशका चमक हुन्छ। नयाँ समय आएको संकेत दिन्छ जब पृथ्वीले मृत्युलाई त्याग गर्छ।”

यशैया 26:21

संसारका मानिसहरूले गरेका अनिष्ट कामहरूका न्याय गर्नलाई परमप्रभुले आफ्नो ठाउँ छोडेर आउनु हुनेछ। पृथ्वीमा जो जो मारिए उनीहरूको रगत प्रकट गराइनेछ। पृथ्वीले धेरै बेरसम्म मृत-मानिसहरू छिपाउने छैन।

यशैया 31:9

तिनीहरूका सुरक्षाको ठाउँ ध्वंस हुने छ। तिनीहरूका अगुवाहरू पराजित हुनेछन् र झन्डा छाडेर भाग्नेछन्।परमप्रभुले यी सबै कुराहरू भनी सक्नु भयो। परमप्रभुको अग्नि स्थान सियोनमाथि छ। परमप्रभुको सियोन र भट्टी यरूशलेम हो।

यशैया 46:13

म धार्मिक कामहरू गर्नेछु। चाँडो गरि म मेरो मानिसहरू बचाउँनेछु। म सियोनलाई उद्धार गर्नेछु। मेरो आश्चर्यपूर्ण इस्राएलका निम्ति ल्याउनेछु।”

यशैया 57:15

परमेश्वर उच्च हुनुहुन्छ र माथि उठनु भएको छ। परमेश्वर सदा सर्वदा जीवित हुनुहुने परमेश्वरको नाउँ नै पवित्र हो। परमेश्वर भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, साथै ती दुखी र नम्र मानिसहरूसँग बस्दछु। जो हृदयमा नम्र हुँदछ तिनीहरूलाई म नयाँ जीवन प्रदान गर्दछु। जो हृदयमा पश्चाताप गर्छन तिनीहरूलाई पनि म नयाँ जीवन प्रदान गर्दछु।”

होशे 5:15

जबसम्म तिनीहरूले आफ्ना अपराध स्वीकार गरेर मेरो उपस्थितिको खोजी गर्दैनन तब सम्म म फर्केर आफ्नै ठाँउमा जानेछु। आफ्नो कष्टमा तिनीहरूले मलाई यसो भन्दै खोज्नेछन।”

होशे 14:5

म इस्राएलको निम्ति शीत झैं बन्नेछु। इस्राएल लिली फूल झैं फुल्नेछ। लबानोन झैं त्यसको जरा फैलनेछ।

योएल 3:17

“त्यस समय तिमीहरुले जान्नेछौ की म नै परमप्रभु तिमीहरुको परमेश्वर हुँ। म सियोनमा बस्छु, जुन चाँहिं मेरो पबित्र पर्वत हो। यरूशलेम पवित्र बन्नेछ र त्यहाँबाट कुनै बिदेशीहरु कहिल्यै जानेछैनन्।”

आमोस 3:7

मेरा स्वामी परमप्रभुले सबै कुरा गर्न सकनु हुन्छ। तर केहिगर्नु अघाडी उहाँले आफ्नो सेवक अगमवक्तालाई योजना देखाउनुहुन्छ।

Interlinear

Choose Theme