Home Bibles यशैया 20:6 · नेपाली बाइबल
यशैया 20:6 · नेपाली बाइबल

समुद्रको छेउमा बस्ने मानिसहरूले यसो भन्नेछन्, “हामीलाई सहयोग गर्न ती देशहरूलाई भरोसा गर्यौं। तिनीहरूले हामीलाई अश्शूरका राजाबाट छुट्कर दिलाउने छन् भन्ने आशमा हामी तिनीहरूकहाँ पुग्यौ, तर तिनीहरूलाई हेर! ती देशहरू कब्जामा पारिए। यसर्थ हामी कसरी जोगाउन सकिन्छ?”

Cross references

अय्यूब 6:20

तिनीहरू पानी पाइन्छ भनेर आशा गर्छन तर तिनीहरू निराश हुँन्छन्।

अय्यूब 22:30

तब तिमी ती मानिसहरूलाई सहयोग गर्न सक्छौ जसले गल्ती कामहरू गर्छन्। तिमीले परमेश्वरलाई प्रार्थना गर्नेछौ अनि उहाँले ती मानिसहरूलाई क्षमा गरिदिनु हुनेछ। किन? किनभने तिमी एकदमै पवित्र हुनेछौ।”

यशैया 10:3

कानून बनाउनेहरू हो! तिमीहरूले गरेका प्रत्येक कुराको लेख दिनु पर्नेछ। त्यसबेला तिमीहरू के गर्नेछौ? तिमीहरूको विनाशको समय सुदूर देशबाट आइरहेछ। कहाँ भागेर सहयोग माग्ने छौ? तिमीहरूका रूपिंया-पैसा र धनले तिमीहरूलाई मद्दत दिने छैन।

यशैया 28:17

“मानिसहरूले पर्खाल सिधा देखाउनलाई वजन सहितको साऊल प्रयोग गरे। त्यस्तै प्रकारले के चाहि ठीक हो देखाउनलाई म इन्साफ र सद्भावना चलाउनेछु।“दुष्ट मानिसहरू तिमीहरू आफ्नो चलाकी अनि झूटोको पछाडी लुक्न खोजिरहेछौ। तर तिमीहरू दण्डित हुनेछौ। तिमीहरू लुक्ने ठाउँहरूमा तूफान वा बाढी जस्तो ध्वंश गर्न आइरहेछ।

यशैया 30:1

परमप्रभुले भन्नुभयो, “ती केटा-केटीहरूलाई हेर। तिनीहरूले मेरो आज्ञा पालन गर्दैनन्। तिनीहरू योजनाहरू तयार गर्छन् तर तिनीहरूले मलाई सहायता माग्दैनन्। तिनीहरूले अन्य जातिहरूसँग सम्झौता गर्छन्, तर मेरो आत्माले ती सम्झौताहरू चाहँदैनन्। ती मानिसहरूले स्वयं नै पापमाथि पापहरू थुपार्दछन्।

यशैया 30:15

परमप्रभु मेरा मालिक, इस्राएलका परमपवित्र यही भन्नुहुन्छ, “यदि तिमी मकहाँ फर्किन्छौ भने तिमी सुरक्षित हुनेछौ। अनि ममाथि गरेको भरोसाले तिमीलाई मकहाँ ल्याउने शक्ति हुनेछ। ताकि तिमी शान्तिमा रहन सक्छौ।”तर तिमीहरू त्यसो गर्न चाँहदैनौ।

यशैया 31:1

मिश्रतिर सहायता माग्न गइरहेको मानिसहरूलाई हेर। मानिसहरूले घोडाहरू मागिरहेका छन्। घोडाहरूले तिनीहरूलाई बचाउनेछ भनेर सोच्दछन्। मिश्रबाट आएका रथहरू र घोडचढी सैन्यहरूले तिनीहरूलाई रक्षा गर्नेछ भनेर आशा गरिरहेछन्। मानिसहरूले सोच्दछन कि विशाल सैनिक हुँदा उनीहरू सुरक्षित हुनेछन्। मानिसहरूले इस्राएलका परमपवित्रलाई भरोसा गर्दैनन्। मानिसहरू परमप्रभु सँग सहायता माग्दैनन्।

यशैया 31:3

मिश्रका जनताहरू केवल मानिसहरू मात्र हुन् परमेश्वर होइनन्। मिश्रबाट आएका घोडाहरू केवल पशुहरू मात्र हुन् आत्मा होइनन्। परमप्रभुले आफ्नो हात फैलाउँनु हुनेछ र सहायता गर्नेहरू पराजित हुनेछन्। अनि सहायता चाहाने मानिसहरू पतन हुनेछन्। ती सबै मानिसहरू-सँगै नाश हुनेछन्।

यर्मिया 30:15

इस्राएल र यहूदा तिमीहरूका कष्टदायक घाउका निम्ति किन रोइरहेका छौ? त्यसको कुनै उपचार नै छैन। मैले तिमीहरूको धेरै दुष्ट कार्यहरू र अनगन्ती पापहरूको कारणले तिमीहरूलाई यस्तो पारेको छु।

यर्मिया 47:4

सोर अनि सिदोनलाई सहायता गर्न सक्ने त्यहाँ रहेका प्रत्येक जिउँदालाई टुक्राउनको लागि पलिश्तीलाई सर्वनाश पार्ने समय आएको छ। पलिश्तीहरू र कप्तोर टापुमा रहेका मानिसहरू सबैलाई परमप्रभुले ध्वंस गर्नु हुनेछ।

मत्ती 23:33

तिमीहरू सर्पहरू हौ। तिमीहरू विषालु सर्पका संन्तानहरू हौ। परमेश्वरदेखि तिमीहरू उम्कन सक्दैनौ। तिमीहरू सबै दोषी पाइनेछौ अनि नरकमा जानेछौ।

1 थिस्सलोनिकी 5:3

मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं। तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।

हिब्रू 2:3

हामीलाई दिइएको उद्धार धेरै महान् हो। यसर्थ यदि हामीले त्यस उद्धारको अवहेलना गरर्यौ भने हामी दण्डबाट कसरी उम्कन सकौंला? उद्धारको बारेमा मानिसहरूलाई पहिले भन्नुहुने प्रभु नै हुनुहुन्थ्यो। अनि उहाँलाई सुन्ने मानिसहरूले उद्धार साँचो हो भन्ने कुरो हामीलाई प्रमाणित गरे।

Interlinear

Choose Theme