यशैया 19:9 · नेपाली बाइबल
सारा बाटेका सुनपाटको काम गर्ने मानिसहरू अत्यन्त दुखी हुनेछन्। ती मानिसहरूलाई लुगा बनाउने उद्भिदहरू नदी सुखेकोले गर्दा उब्जने छैन्।
Cross references
1 राजा 10:28
सुलेमानले मिश्र अनि क्यूएबाट घोडाहरू ल्याएका थिए। उनका व्यापारीहरूले तिनीहरूलाई क्यूएमा किने अनि इस्राएलमा ल्याए।
1 इतिहास 4:21
यहूदाका छोरा शेला थिए। शेलाका छोराहरू- एर, लादा, योकीम, कोजेबाका मानिसहरू, योआश अनि साराप थिए। एर लेकाका पिता थिए। लादा मारेशा अनि बेत अश्बेयाम मलमलका लुगा बनाउने परिवार समूहका पिता थिए। योआश अनि सारापले मोआबी स्त्रीहरू विवाह गरे।
हितोपदेश 7:16
मैले मेरो ओछ्यानमा मिश्रदेशको रंगीन च्यादरले सजाएकीछु।
इजकिएल 27:7
तिम्रो जहाजको पालका निम्ति तिनीहरूले मिश्र देशमा बनिएको रंगीन सूती वस्त्रको प्रयोग गरे। तिम्रो छाप्रोको पर्दा निलो अनि बैंजनी रंगको थियो। तिनीहरू साइप्रसको समुद्र किनारमा आउँथे।