मानिसहरूले पानी जोगाउनलाई बाँध बनाउनेछन तर विफल हुनेछन्, यसकारण तिनीहरू दुखी हुनेछन्।
Cross references
परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई भन् कि उसले आफ्नो हातको लहुरोले मिश्र देशका मानिसहरूले जम्मा गरेको पानीको कुवा, नहर, नदी, ताल प्रत्येक ठाउँमा हिर्काओस् जब उसले त्यसो गर्छ सबै पानी रगतमा परिवर्तन हुनेछ। यहाँसम्म तिनीहरूले काठ र ढुङ्गाको भाँडामा राखेको पानी पनि रगत बनिनेछ।”
तब परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई आफ्नो टेक्ने लहुरो नदीहरू, खोला, पोखरीमाथि राख्न भन भ्यागुताहरू बाहिर जमीनमा निस्कनेछन्।”
जुन भूमि तिमीहरू लिंदैछौ, त्यो मिश्र देश जहाँबाट तिमीहरू आएका छौ त्यस्तो छैन। मिश्र देशमा तिमीहरूले बीउ छरेर त्यसमा पानी हाल्दा आफ्नो गोडाको सहायताले खुट्टा चलाएर नालाबाट पानी हाल्नु पर्थ्यो। जसरी साग-सब्जीमा पानी हाल्थ्यौ त्यसरी नै खेतमा पनि हाल्नु पर्थ्यो।