त्यसपछि सेनाहरूका परमप्रभुले अश्शूरलाई कोर्राले पिट्नु हुनेछ। पहिले परमप्रभुले ओरेब चट्टानमा मिद्यानलाई पराजित गर्नु भएको थियो, यस्तै प्रकारले परमप्रभुले अश्शूरमाथि आक्रमण गर्नुहुनेछ। पहिले परमप्रभुले मिश्रलाई दण्ड दिनु भएको थियो उहाँले समुद्रमाथिबाट डण्डा उठाउनु भएको थियो अनि आफ्ना मानिसहरूलाई मिश्रबाट डोर्याएर लैजानु भएको थियो। त्यस्तै प्रकारले परमप्रभुले मानिसहरूलाई अश्शूरबाट बचाउनु हुन्छ।
Cross references
लाल समुद्रमाथि तिम्रो लाठी उठाऊ अनि समुद्र दुइ भाग हुन्छ, तब मानिसहरू सूखा जमीनमा हिंडेर जानेछन्।
रथका पाङग्राहरू भासिए अनि रथलाई नियन्त्रणमा राख्न कठिन पर्यो। मिश्रदेशका मानिसहरू जोरले कराए, “हामी यहँबाट भागौं, परमप्रभु हाम्रो विरूद्ध इस्राएलका मानिसहरूको पक्षमा लडाइँ गर्नु हुँदैछ।”
एप्रैमका मानिसहरूले दुइजना मिद्यानी अगुवाहरूलाई पक्डे। यी दुइ अगुवाहरूका नाउँ ओरेब अनि जेएब थियो। ओरेबलाई एप्रैमका मानिसहरूले ओरेबको चट्टान नामक स्थानमा हत्या गरे। जएबलाई तिनीहरूले जएबको दाखको कोल नाउँको स्थानमा हत्या गरे। एप्रैमका मानिसहरूले मिद्यानका मानिसहरूलाई खेदे। तर तिनीहरूले पहिला ओरेब अनि जएबको शिरकाटे अनि ती शिरहरू गिदोन कहाँ लगे। गिदोन त्यस स्थानमा थिए जहाँ मानिसहरू यर्दन नदीपारी तर्थे।
त्यस राती परमप्रभुका स्वर्गदूत बाहिर निस्किए अनि अश्शूरको शिबिरका 1,85,000 मानिसहरू मारे। जब मानिसहरू बिहान उठे, तिनीहरूले सबै लाशहरू देखे।
तपाईंले चिन्हहरु र आश्चर्यमय कुराहरू फिरऊन मिश्रदेशका राजा अनि तिनका समस्त सेवकहरू अनि तिनका देशका समस्त मानिसहरूको विरूद्ध गर्नुभयो, किनभने तिनीहरूले हाम्रापुर्खा हरूलाई अत्याचार गरेको तपाईंलाई थाहा थियो। तपाईं अहिले सम्म रहनु भए झैं प्रसिद्ध हुनुभयो।
हे परमप्रभु, जाग्नुहोस्! उठनुहोस्! मेरो परमेश्वर, मेरो परमप्रभु, मेरो लागि लडाइँ गर्नुहोस्। अनि मलाई न्याय ल्याई दिनुहोस्।
परमेश्वरले, शत्रुहरूका नाईकहरूलाई परास्त गर्नुहोस्। ओरेब र जीबमा जे गर्नु भएथ्यो त्यसै गर्नुहोस्। जेबह र सलमुन्नामा जे गर्नु भएथ्यो, त्यसै गर्नुहोस्।
परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनु भयो! परमेश्वरले तिनीहरूलाई शत्रुहरूबाट मुक्ति दिनुभयो।
परमेश्वर, तपाईंकै कारणले गर्दा ती जातिहरूको वृद्धि हुने भयो। तपाईंले मानिसहरूलाई खुशी पार्नु भयो। अनि मानिसहरूले आफ्ना खुशीहरू तपाईंलाई देखाए। खेतमा बाली काट्ने बेलाको झैं त्यो खुशी रमाइलो हुनेछ। त्यो खुशी युद्धमा जितेर आ-आफ्नो भाग बाँडिने बेलाको आनन्द झैं हुनेछ,
किन? किनभने तिमीहरूले गह्रुँ भार लगेर गयौ। मानिसहरूका ढाडका गह्रुँ भारी तिमीहरूले हटाएर लगिदियौ। मानिसहरूलाई दण्ड दिने फलामको डन्डा भाँचेर फालिदियौ। यो तिमीहरूले मिद्यानलाई पराजय गरेको बेला जस्तै हुनेछ।
सेनाहरूका परमप्रभुले अश्शूरका योद्धाहरूको विरोधमा डरलाग्दो रोग पठाउनु हुनेछ। तब अश्शूरको गौरव नाश अनि विलीन हुनेछ। प्रत्येक वस्तु खरानी नहुञ्ञेलसम्म आगो जस्तै बलि रहनेछ।
मेरो मालिक, सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “हे सियोनमा बस्ने मेरा मानिसहरू अश्शूरदेखि नडराऊ! जसरी मिश्रले तिमीहरूलाई पहिले प्रहार गरेका थियो त्यसरी नै अश्शूरले पनि प्रहार गर्नेछ। मानौं अश्शूरले प्रहार गर्नलाई कुनै डण्डाको प्रयोग गर्दछ।
परमेश्वरका जुन मानिसहरू छाडिए तिनीहरूका निम्ति अश्शूर छाड्ने बाटो निस्कने छ। यो समय परमेश्वरले मिश्र बाट मानिसहरू निकाली लानु भएको बेला झैं हुनेछ।
परमप्रभुले उहाँको महान वाणी सुन्न मानिसहरूलाई विवश पार्नु हुनेछ। परमप्रभुले आफ्नो रिसले शक्तिशाली पाखुरा तल झरेको हेर्न मानिसहरूलाई विवश पार्नु हुनेछ। त्यो पाखुरा सम्पूर्ण कुराहरू जलाई दिने भयानक आगो सरह हुनेछ। परमप्रभुको शक्ति वर्षा र असिना बर्साउने भयानक तूफान जस्तो हुनेछ।
परमप्रभुले अश्शूरलाई हिर्काउँदा त्यो खैंजडी र वीणाहरू बजाइएको जस्तो हुनेछ। परमप्रभुका ठूला पाखुराले अश्शूरलाई हराउनु हुनेछ।
त्यस रात, परमप्रभुका दूत गएर अश्शूरहरूको छाउनी एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब बाँचेका मानिसहरू बिहान ब्यूँझे तिनीहरूले आफ्ना वरिपरी मृत शरीरहरू देखे।
जाग! जाग! हे परमप्रभुको बाहु, बलवान बन्। आफ्नो बल चलाऊ जसरी तिमीहरूले धेरै अघि गरेका थियौ। जसरी तिमीहरूले प्राचीन कालमा गरेका थियौ। तिमीहरूसंग राहाबलाई पराजित गरेको त्यो शक्ति छ। तिमीहरूले अजीङ्गरलाई पराजित गर्यौ।
मैले कूशनका शहरहरुलाई संकटमा परेको देखें। मैले मिद्यानका घरहरु डरले कामिरहेको देखें।
संसारका राष्ट्रहरु क्रोधित थिए, तर अब तपाईंको क्रोधित हुने समय हो। अब, मृत मानिसहरुको न्याय गर्ने समय हो। अब, तपाईंका सेवकहरु अनि अगमवक्ताहरुलाई पुरस्कृत गर्ने समय हो, अनि तपाईंको पवित्र मानिसहरुलाई पुरस्कृत गर्ने समय हो, ती ठूला अनि साना मानिसहरु जो तपाईंलाई सम्मान गर्छन्। यो ती मानिसहरुलाई संहार गर्ने समय हो, जसले पृथ्वीको संहार गर्छन्।”
घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरुलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरुमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्।