Home Bibles नहूम 2:9 · नेपाली बाइबल
नहूम 2:9 · नेपाली बाइबल

हे, सैनिकहरु ज-जसले निनवेको नष्ट गरिरहेका छौ तिमीहरुले चाँदी लैजाऊ। तिमीहरुले सुन लैजाऊ। यहाँ सुन र चाँदीका धेरै वस्तुहरु छन्। यहाँ धेरै बहुमूल्य वस्तुहरुछन्।

Cross references

2 इतिहास 36:10

बसन्तकालमा राजा नबूकदनेसरले यहोयाकीनलाई ल्याउनु भनी केही सेवकहरू पठाए। तिनीहरूले यहोयाकीनलाई अनि परमप्रभुको मन्दिरबाट केही मूल्यवान सम्पत्तिहरू बाबेलमा ल्याए। नबूकदनेसरले सिदकियाहलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन चुने। सिदकियाह यहोयाकीनका एक आफन्त थिए।

यशैया 33:1

हेर, तिमीहरू युद्ध गर्छौ र मानिसहरूका चीजबीजहरू लुटपीट पार्छौ, तर ती मानिसहरूले तिमीहरूबाट केही पनि लुट्दैनन्। तिमीहरू मानिसहरूको विरूद्ध जानेछौ, तर ती मानिसहरू तिमीहरूका विरूद्ध कहिल्यै उभिने छैनन्। यसर्थ तिमीहरूले जब चोर्न छोडनेछौ, अरू मानिसहरूले चोरी गर्न थाल्नेछन्। जब तिमीहरू मानिसहरूको विरूद्ध उभिन छोड्नेछौ अरू मानिसहरू तिमीहरूका विरूद्ध उभिन थाल्नेछन्।

यशैया 33:4

तिमीहरूले युद्धमा चोरेका चीजबीजहरू तिमीहरूबाट खोसिनेछन्। धेरै-धेरै मानिसहरू आउनेछन् र तिमीहरूको धन सम्पत्ति लुटेर लानेछन्। यो त्यस्तो समय हुनेछ जब सलहहरू आएर तिमीहरूका सबै अन्नहरू खानेछन्।

यर्मिया 25:34

हे गोठालाहरू हेर, विलाप गर! हे बथानका नायकहरू हो, खरानीमा लडीबडी गर। किनभने तिमीहरूका हत्या हुने र चिच्चाउने अनि तितर-बितर हुने समय आएको छ। तिमीहरू झर्नेछौ र दामी जग झैं फुट्नेछौ।

यर्मिया 46:5

मैले के देखें? सिपाहीहरू भयभीत छन् अनि भागिरहेका छन्। ती वीर सेनाहरू परास्त भइरहेका छन्। पछि नहेरी तिनीहरू हतारिएर भागिरहेका छन्। त्यहाँ वरिपरि त्रास छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

यर्मिया 51:56

सेना आउने छ अनि बाबेल ध्वंस पार्नेछ। बाबेलका सिपाहीहरू तितर-बितर हुनेछन् तिनीहरूका धनुहरू भाँचिने छन्। किनभने परमप्रभु परमेश्वर हुनुहुन्छ जसले परिशोधन माँग गर्नुहुन्छ। उहाँले निश्चय तिनीहरूलाई चुक्त पारिदिनु हुनेछ।

इजकिएल 26:12

नबूकदनेस्सरको सैनिकहरूले तिम्रो सम्पत्ति लिएर जानेछन्। तिनीहरूले ती चीचहरू लिएर जानेछन् जुन चीजहरू तिमी बेच्न चाहन्थ्यौ, त्यसले तिम्रो पर्खालहरू नष्ट पार्नेछ अनि तिम्रो राम्रो-राम्रो घरहरू नष्ट पारिदिनेछ। त्यसले तिम्रो ढुङ्गा र काठले बनिएको घरहरू काठ-पातसितै समुद्रमा फ्याँकिदिनेछ।

दानियल 11:8

उसले उनीहरूका देवताका मूर्तिहरू, चाँदी र सुनका बहुमूल्य वस्तुहरू लुट्नेछ। अनि केही वर्षकोलागि उत्तरको राजालाई एक्लै छोडने छन।

नहूम 2:12

जुन सिंहहरुले आफ्ना डम्मरूहरु र सिंहिनीहरुको निम्ति कति शिकार मारेको थियो, अनि आफ्नो गुफा भरेको थियो। त्यसले आफ्नो ओढारमा शिकार गरेर ल्याएका पशुहरुले र चिथोरेका मासुहरुले भरपुर पार्थ्यो।

नहूम 3:17

अनि तिम्रो राज्यका अधिकारीहरु, सलहहरु जस्तैछन्। यी ती सलहहरु जस्तैछन् जो जाडो दिनमा चट्टानमाथि बस्छन् तर सूर्य उदाएपछि चट्टानमा गर्मी हुन थाल्छ अनि ती उडेर कता जान्छ कसैलाई पनि थाह हुँदैन। तिम्रो अधिकारीहरु पनि यस्तै छन्।

Interlinear

Choose Theme