हिब्रू 7:21 · नेपाली बाइबल
तर ख्रीष्ट चाँहि परमेश्वरको प्रतिज्ञाद्वारा पूजाहारी बन्नुभयो। परमेश्वरले उहाँलाई भन्नुभयो“परमेश्वरले प्रतिज्ञा लिनुभयो उहाँले आफ्नो मन परिवर्तन गर्नुहुने छैन। ‘तिमी सदा-सदालाई पूजाहारी हौ।”
Cross references
1 शमूएल 15:29
परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ। परमप्रभु शाश्वत हुनुहुन्छ। परमप्रभु न त झूट्टो बोल्नु हुन्छ न त विचार बदल्नु हुन्छ। परमप्रभु मानिस जस्तै छिन-छिनमा विचार बदल्ने हुनुहुन्न।”
भजनसंग्रह 110:4
परमप्रभुले प्रतिज्ञा गर्नुभयो उहाँले आफ्नो मन बद्लि गर्नुहुँदैन। “तिमी अनन्तको निम्ति मल्कीसेदेक जस्तै पूजाहारी हौ।”
हिब्रू 6:16
शपथ लिँदा मानिसले आफूभन्दा ठूलोको नाउँ लिँदछन्। तिनीहरू के भन्छन्, त्यो शपथले साँचो छ भनी निश्चित गर्छ अनि विवादलाई निषेद गर्दछ।
हिब्रू 7:17
धर्मशास्त्रमा उहाँ बारे यो भनिएको छ “तिमी मल्कीसेदेक जस्तै सधैँको निम्ति पूजाहारी हौ।”