Home Bibles हिब्रू 11:23 · नेपाली बाइबल
हिब्रू 11:23 · नेपाली बाइबल

विश्वासकै कारणले, मोशाका माता-पिताले तिनलाई तीन महीना सम्म लुकाएर राखे। मोशा सुन्दर बालक थिए। तिनीहरू राजाको आदेश अस्वीकार गर्न डराएनन्।

Cross references

प्रस्थान 1:16

राजाले तिनीहरूलाई भने, “जब तिमीहरूले एउटा हिब्रू स्त्रीहरूलाई नानी जन्माउनमा सहायता गर्नेछौ, यदि छोरी जन्मिछे भने उसलाई बाँच्न देऊ। तर यदि छोरा जन्मिछ भने तब त्यसलाई अवश्य मारिदेऊ।”

प्रस्थान 1:22

यसकारण राजा फिरऊनले आफ्ना सबै मानिसहरूलाई आदेश दिए, “सबै बालिकाहरूलाई बाँच्न देऊ। तर जब प्रत्येक पल्ट बालक जन्मन्छ तिमीहरूले उसलाई नील नदीमा अवश्यै फ्याँक्नु पर्छ।”

प्रस्थान 2:2

त्यो महिला गर्भवती भई अनि छोरा जन्माई। त्यो बालक अत्यन्त सुन्दर थियो। यसर्थ उसकी आमाले उसलाई तीन महीनासम्म लुकाएर राखी।

भजनसंग्रह 56:4

म परमेश्वरमा भरोसा गर्छु, यसैले म भयभित हुन्न यसर्थ मानिसहरूले जे गर्न सक्छन् त्यसमा म डराउँदिन। उहाँको मप्रतिको वचनको लागि उहाँको स्तुति गर्छु।

भजनसंग्रह 118:6

परमप्रभु मसँग हुनुहुन्छ, यसैले म भयभीत छैन। मानिसहरूले मलाई कुनै प्रकारको हानी पुर्याउन सक्तैन।

यशैया 8:12

“प्रत्येक मानिसले भनिरहेछन्। कि अरूहरूले उहाँका विरूद्ध षडयन्त्रहरू तयार पार्दैछन्। तिमीले त्यस्ता कुराहरू विश्वास गर्नुहुँदैन। अन्य मानिसहरू डराए जस्तो भयावहक कुराहरूबाट नडराऊ! त्यस्ता कुराहरूमा तिमी नडराऊ!”

यशैया 41:10

सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।

यशैया 41:14

हे बहुमूल्य यहूदा, नडराऊ! मेरा इस्राएलका प्रिय मानिसहरू, भयभीत न हौ म साँच्चि नै तिमीहरूलाई सघाउने छु।” परमप्रभु स्वयंले ती कुराहरू भन्नु भएको थियो। इस्राएलका पवित्र परमप्रभु जसले तिमीलाई बचाए उहाँले ती कुराहरू भन्नुभयो

यशैया 51:7

तिमीहरू जसले मेरो धार्मिकतालाई जान्दछौ त्यसले मलाई ध्यान दिएर सुन्नु पर्छ। तिमीहरू जसले मेरो उपदेशहरू मान्दछौ उनीहरूले मैले भनेका कुराहरू मान्नु पर्दछ। दुष्ट मानिसहरूबाट नडराऊ। तिनीहरूले तिमीहरूलाई भनेका नराम्रा कुराहरूबाट नडराऊ।

यशैया 51:12

परमप्रभु भन्नुहुन्छ, “म मात्रै हुँ तिमीहरूलाई सान्त्वना दिने। यसैले तिमीहरू किन मानिसहरूसँग डराउँछौ? तिनीहरू मानिसहरू मात्र हुन् जो बाँच्छन र मर्छन तिनीहरू मानिस जातिहरू हुन तिनीहरू घाँस जस्तै मर्दछन्।”

दानियल 3:16

शद्रक, मेशक अनि अबेदनगोले जवाफमा भने, “महाराज नबूकदनेस्सर, हामीलाई अझै व्याख्या गर्ने आवश्यक्ता छैन; हामी आफ्नो मन परिवर्तन गर्ने छैनौं।

दानियल 6:10

दानियलले प्रत्येक दिन तीन पल्ट परमेश्वरलाई प्रार्थना गर्थे, प्रत्येक दिन तीन पल्ट दानियल घुँडा टेकेर परमेश्वरको प्रार्थना अनि प्रशंसा गर्थो जब दानियलले यो नयाँ नियमको विषयमा सुने ऊ उसको घरमा गए। दानियल उसको घरको छतमाथि गए। दानियल झ्यालतिर गए त्यो यरूशलेमपट्टि खोलिएको थियो। तब दानियलले सधैं जस्तै उनको घुँडा टेकेर प्रार्थना गरे।

मत्ती 10:28

मानिसहरूदेखि नडराऊ। तिनीहरूले तिम्रो शरीलाई मात्र मार्नेछन्। तिनीहरूले आत्मालाई मार्न सक्ने छैनन्। तिमीहरू त्यससंग डराउनु पर्नेछ जसले तिम्रो शरीर र आत्मालाई नै र्नकमा लैजान्छ। उहाँले शरीर र आत्मालाई नरकमा पठाउनु सक्नु हुन्छ।

लूका 12:4

त्यसपछि येशूले मानिसहरूलाई भन्नुभयो, “ तिमीहरूलाई भन्दछु, ए मेरा साथीहरू! मानिसहरूदेखि नडराऊ। मानिसहरूले शरीरको हत्या गर्न सक्छन्, तर त्यो भन्दा वेशी तिनीहरूले केही गर्न सक्तैन।

प्रेरित 7:20

यो त्यसबेलाको कुरा हो जब बालक मोशा जन्मेका थिए। ती एउटा खुबै सुन्दर अनि परमेश्वरलाई खुशी पार्ने बालक थिए। उनलाई तीन महीना सम्म आफ्नो पिताको घरमा पाले।

हिब्रू 13:6

त्यसर्थ ढुक्कसित भनौ“प्रभु मेरा सहायक हुनुहुन्छ, मलाई केही डर हुने छैन। कसैले मलाई केही अनर्थ गर्न सक्छ?”

Interlinear

Choose Theme