परमप्रभु परमेश्वरको सन्देश-वाहक हाग्गैले मानिसहरूलाई परमप्रभुको सन्देश सुनाए। परमप्रभुले भन्नुभयो, “म तिम्रो साथमा छु।”
Cross references
परमप्रभुका स्वर्गदूत गिलगाल शहर देखि बोकीम शहरसम्म गए। स्वर्गदूतले इस्राएलका मानिसहरूलाई भने, “मैले तिमीहरूलाई मिस्रदेशबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई यो भूमिमा ल्याएँ जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिमीहरूलाई भनेको थिएँ कि तिमीहरूसित गरेको करार कहिल्यै भङ्ग गर्ने छैन।
दाऊदले आफ्ना छोरा सुलेमानलाई यो पनि भने, “शक्तिशाली र साहसी बन अनि यो काम पूर्ण गर। नडराऊ र निरूत्साहित नहोऊ किनभने परमप्रभु मेरा परमेश्वर तँसित हुनुहुन्छ। सबै कार्य पूर्ण नभएसम्म उहाँले तँलाई सहायता गर्नु हुनेछ। उहाँले तेरो साथ छोड्नु हुनेछैन। तैंले परमप्रभुको मन्दिर निर्माण गर्नेछस्।
अजर्याह आसालाई भेट्न गए। अजर्याहले भने, “मेरो कुरा सुन आसा अनि यहूदा र बिन्यामीनका तिमी सबै मानिसहरू! परमप्रभु तिमीहरूका साथ रहनु हुन्छ जब तिमीहरू उहाँका साथ हुन्छौ। यदि तिमीले परमप्रभुलाई खोज्यौ भने, उहाँलाई पाउने छौ। तर यदि तिमीहरूले उहाँको साथ छोडयौ भने उहाँले तिमीहरूको साथ छोडनु हुनेछ।
यो युद्धमा तिमीहरूले लड्नु पर्नेछैन। आफ्ना स्थानहरूमा सुदृढ भएर बस। परमप्रभुले तिमीहरूलाई बचाउँनु भएको तिमीहरूले देख्नेछौ। यहूदा अनि यरूशलेम नडराऊ। सुर्ता नगर। परमप्रभु तिमीहरू साथ हुनुहुन्छ, यसर्थ ती मानिसहरूको विरूद्ध भोलि जाऊ।”‘
अश्शूरका राजाका मानिसहरू मात्र छन्। तर हामी सित परमप्रभु हाम्रा परमेश्वर साथ हुनुहुन्छ। हाम्रा परमेश्वरले हामीलाई सहायता गर्नु हुने छ। हाम्रा लडाईहरू उहाँले लडी दिनु हुनेछ।” यसरी यहूदाका राजा हिजकियाहले मानिसहरूलाई उत्साह दिए अनि तिनीहरूलाई शक्तिशाली अनुभव गराए।
सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।
सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।
त्यो पानी यहूदातर्फ बग्नेछ औ यो यहूदीलाई डुबाउनेछ।“इम्मानुएल, यो तिम्रो सम्पूर्ण देश डुबाउञ्जेल फैलिनेछ।”
लडाइँ गर्नका निम्ति तिम्रा योजनाहरू तयार पार! तिम्रा योजनाहरू परास्त हुने छन्। तिम्रा सैन्यहरूलाई हुकुम गर तिम्रा हुकुमहरू बेकामे हुनेछन्। किन? किनभने परमेश्वर हामीसंग हुनुहुन्छ।
सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।
सारा संसारमा, मेरो दास अत्यन्त अन्धा छन्। सन्देशवाहक जसलाई संसारमा मैले पठाएँ त्यो अत्यन्त बहिरो छ। जोसँग मैले करार गरे-परमप्रभुको दास उ अत्यन्त अन्धो छ।
जब तिमीमाथि कष्टहरू पर्छन, म तिम्रो साथमा छु। जब तिमी नदीहरू तर्छौ तिमीलाई चोट लाग्नेछैन। जब तिमी आगोबाट हिंड्दछौ, तिमी जल्ने छैनौ; आगोको ज्वालाले तिमीलाई लपेटने छैन्।
परमप्रभुले आफ्ना दासहरूलाई समाचार भन्नलाई मानिसहरूकहाँ पठाउनु भयो। अनि परमप्रभुले ती समाचारहरूलाई सत्य साबित पार्नुभयो। परमप्रभुले दूतहरूलाई मानिसहरूकहाँ के कुराहरू गर्नुपर्छ भनेर बताउनलाई पठाउनु भयो। अनि परमप्रभुले तिनीहरूको सल्लाह असल हो भनेर देखाउनुहुन्छ।परमप्रभुले यरूशलेमलाई भन्नुहुन्छ, “मानिसहरू फेरि त्यहाँ बस्नेछन्।” परमप्रभुले यहूदाका शहरहरूलाई भन्नुहुन्छ, “तिमी फेरि पुननिर्माण हुनेछौ।” परमप्रभुले ती शहरहरूलाई भन्नु हुन्छ कि तिनीहरू ध्वंश भए, “म तिमीलाई नयाँ शहरमा पुनःस्थापित गर्नेछु।”
म तिमीलाई बलियो बनाउनेछु र ती मानिसहरूले तिमीहरूलाई काँसाको पर्खाल जस्तै बलियो सम्झनेछन्। यहूदाका मानिसहरू तिमीसित लडनेछन्। तर तिनीहरूले तिमीलाई परास्त गर्नु सक्तैनन कारण म तिमीसित रहनेछु, म तिमीलाई सहायता गर्नेछु र बचाउँनेछु” परमप्रभु भन्नुहुन्छ।