Home Bibles ☰ Books उत्पत्ति 8:4 · नेपाली बाइबल
उत्पत्ति 8:4 · नेपाली बाइबल

अनि सातौं महीनाको सत्रौं दिन अरारात पर्वतमा जहाज अडियो।

Cross references

उत्पत्ति 7:17

जल प्रलय पृथ्वीमा चालीस दिन चालीस रातसम्म भयो। पानी बढेर जहाजलाई जमीनबाटमाथि उचाल्न थाल्यो।

2 राजा 19:37

एकदिन सनहेरीब निसोकका मन्दिरमा आफ्नो देवताको पूजा गरिरहेका थिए। उसका छोराहरू अद्रमेलेक र शरेसेरले उनलाई तरवारले काटेर मारे। त्यसपछि अद्रमेलेक र शरेसेर भागेर अरारात प्रदेशमा गए। अनि सनहेरीबका छोरा एसरहद्‌दोन उनीपछि नयाँ राजा भए।

यशैया 37:38

एकदिन सनहेरीब आफ्नो देवता निस्रोकको मन्दिरमा उसको पूजा गरिरहेका थिए। त्यस बेला उनका दुइजना छोरा अद्रमेलेक र शरेसेरले तिनलाई तरवारले मारे। त्यसपछि छोराहरू अरातर तिर भागे। यसैले सनहेरीबको छोरो एसर्हददोन अश्शूरका नयाँ राजा भए।

यर्मिया 51:27

“भूमिमा युद्धको झण्डा उठाऊ। सबै जाति-जातिहरूमा युद्धको तुरही फुक। जातिहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्नलाई तैयार पार। अरारत, मिन्नी र अशकनज राज्यहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्न डाक। उसको विरोधमा सेना संचालन गर्न एकजना कप्तान नियुक्त गर। संख्यामा सलहसरह घोडाहरू त्यहाँ पठाऊ।

Interlinear

Choose Theme