Home Bibles उत्पत्ति 50:2 · नेपाली बाइबल
उत्पत्ति 50:2 · नेपाली बाइबल

यूसुफले आफ्ना सेवकहरूलाई आफ्नो बाबुको अन्तिम संस्कारको निम्ति तयार पार्न आज्ञा दिए। (ती सेवकहरू वैद्यहरू थिए।) ती वैद्यहरूले याकूबको शरीर अन्तिम संस्कारको निम्ति तयार पारे। तिनीहरूले याकूबको मृत शरीर मिश्र देशवासीहरूका विशेष नियम अनुसार तयार पारे।

Cross references

उत्पत्ति 50:26

यूसुफ जब एक सय दश वर्ष पुगेपछि तिनको मृत्यु भयो। अन्तिम संस्कारको निम्ति वैद्यहरूले तिनको लाश तयार पारे अनि तिनको शरीरलाई मिश्रमा एउटा कफनमा राखे। 

2 इतिहास 16:14

मानिसहरूले आसालाई तिनकै चिहानमा गाडि दिए जो तिनी आफैंले दाऊदका शहरमा बनाएका थिए। मानिसहरूले तिनलाई पलङ्गमा सुताए जो मसालाहरू अनि विभिन्न प्रकारका मिस्रित सुगन्धित पदार्थहरू द्वारा भरिएको थियो। मानिसहरूले आसाका सम्मानका निम्ति विशाल आगो बाले।

मत्ती 26:12

यिनले मेरो शरीरभरि अत्तर छरिदिइन्. यिनले मलाई म मरे पछि मृत-संरकारको निम्ति तयार पारेकी हुन्।

मर्कूस 14:8

त्यस स्त्रीले मलाई जे जती गर्न सकी त्यत्ति गरी। त्यसले मेरो शरीरमाथि सुगन्ध छरिदिईन। त्यसले मलाई मर्नु अघिनै गाडनको तयारीका लागि यसो गरी।

मर्कूस 16:1

विश्राम दिनको अर्कोदिन, मग्दलिनी मरियम, सुगन्धित द्रव्यहरू किने। तिनीहरूले ती सुगन्धित द्रव्यहरू येशूको शरीरमा लगाइनदिन चाहन्थे।

लूका 24:1

हप्ताको पहिलो दिन सखारै येशूको शरीर राखिएको चिहानमा आइमाईहरू आए। तिनीहरूले तयार पारेको सुगन्धित मसालाहरू ल्याए।

यूहन्ना 12:7

तब येशूले भन्नुभयो, “उसलाई दिक्क नदेऊ। आजको लागि यो सुगन्ध उसले बचाएकी थिई। आज कै दिनमा मेरो दफनको निम्ति तयार गर्नु छ।

यूहन्ना 19:39

निकोदेमस योसेफसंग गए। निकोदेमस ती एकजना मानिस थिए जो येशूकहाँ राती आउँदथ्यो र बात गर्दथ्यो। निकोदेमसले तेत्तीस किलो जति मसलाहरू त्यहाँ ल्याए। त्यो मूर्र र एलवाको मिश्रण थियो।

Interlinear

Choose Theme