Home Bibles ☰ Books उत्पत्ति 49:26 · नेपाली बाइबल
उत्पत्ति 49:26 · नेपाली बाइबल

मैले प्राप्त गरेको आशीर्वादहरू मेरा माता-पिताले प्राप्त गरेको आशीर्वादभन्दा धेरै छन्। ती पुराना पर्वतहरू जस्तै थुपारिएका यूसुफका यस्ता आशीर्वादहरू उनका दाज्यू-भाइहरू मध्ये राजकुमारको शिरमा परून्।”

Cross references

उत्पत्ति 27:27

तब याकूबले आफ्नो बाबुको नजिक गएर चुम्बन गरे। इसहाकले तिनका लुगाहरूको गन्ध सुँघे र उनलाई आशीर्वाद दिए। इसहाकले भने,“मेरो छोरो परमप्रभुबाट आशीर्वाद पाएको खेतको सुगन्ध झैं होस्।

उत्पत्ति 27:39

तब इसहाकले उनलाई भने, “तँ मलिलो भूमिमा बस्न पाउने छैनस्। तैंले आकाशबाट शीत सम्म पनि पाउने छैनस्।

उत्पत्ति 28:3

म प्रार्थना गर्छु जसले गर्दा सर्वशक्तिमान परमेश्वले तँलाईं आशीर्वाद दिनु हुनेछ अनि तेरो धेरै सन्तान हुनेछन्। म प्रार्थना गर्छु तँ एउटा महान राष्ट्रको पिता हुनेछस्।

उत्पत्ति 37:28

जब ती मिद्यानी व्यापारीहरू नजिक आए, तिनीहरूले यूसुफलाई कूवाबाट बाहिर निकाले। तिनीहरूले यूसुफलाई बीसवटा चाँदीका टुक्रामा बेचे। ती व्यापारीहरूले यूसुफलाई मिश्र लिएर गए।

गन्ती 6:2

“यी कुरा इस्राएलका मानिसहरूलाई भन यदि कुनै मानिस अथवा स्त्री, केही समयको लागि परमप्रभुको निम्ति नाजिरी भाकल गर्छ भने।

व्यवस्था 33:15

पहाड प्राचीन पर्वतहरूले उत्तम फल तिनीहरूलाई उब्जाऊन।

भजनसंग्रह 89:36

कि त्‍यसको वंश सदाको निम्‍ति रहनेछ, र त्‍यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्‍थिर रहनेछ।

भजनसंग्रह 105:17

तर परमेश्वरले यूसुफ नाउँका एकजनालाई तिनीहरूको अगाडि त्यस ठाउँमा पठाउनु भयो। यूसुफ एक कमारा सरह बेचियो।

भजनसंग्रह 132:18

म दाऊदका शत्रुहरूलाई लाज र शर्ममा ढाकि दिनेछु तर दाऊदको राज्यलाई उत्तरोत्तर बढाई दिनेछु।”

यशैया 54:10

परमप्रभु भन्नुहुन्छ, “पर्वतहरू हराउन सक्छन्, अनि डाँडाहरू धूलो हुनसक्छन्, तर मेरो दया तिमीहरूबाट अलग हुनेछैन्। म तिमीहरूसँग शान्ति कायम गर्नेछु अनि यसको कहिल्यै अन्त हुनेछैन्।” परमप्रभुले तिमीहरूमाथि दया दर्शाउनु हुन्छ। अनि उही परमेश्वरले यी कुराहरू भन्नुभयो।

यशैया 66:5

तिमीहरूले परमप्रभुका आज्ञाहरू पालन गर्छौ भने परमप्रभुले भन्नु भएका कुराहरू पनि सुन्नुपर्छ। “तिमीहरूका दाज्यू-भाइहरूले तिमीहरूलाई घृणा गरे, तिनीहरू तिमीहरूका विरोधी भए किनभने तिमीहरूले मलाई पछ्यायौ। तिमीहरूका दाज्यू-भाइहरूले भने, ‘हामी तिमीहरूकहाँ फर्केर आउनेछौ जब परमप्रभु सम्मानित हुनुहुन्छ।’ ती दुष्ट मानिसहरू दण्डित हुने नै छ।

इजकिएल 37:25

तिमीहरू त्यो भूमिमा बस्नेछन् जुन मैले आफ्नो दास याकूबलाई दिएको थिएँ। तिनीहरूका पिता-पुर्खाहरू त्यो त्यस ठाँउमा बस्थे अनि मेरा मानिसहरू त्यहाँ बस्नेछन्। त्यो उनीहरूको नानीहरू अनि तिनीहरूको नाता-नातिनीहरू सदा-सर्वदा त्यहीं बस्नेछन् अनि मेरो दास दाऊद तिनीहरूको अगुवा भएर सदा-सर्वदा त्यहाँ बस्नेछ।

योना 2:6

म त समुद्रको फेद सम्मै पुगें। पृथ्वीले मलाई सदाका निम्ति थुनिदियो। तैपनि हे परमप्रभु! मेरा परमेश्वर, तपाईंले खाडलबाट उठाएर मलाई जीवन दिनुभयो।

Interlinear

Choose Theme