Home Bibles उत्पत्ति 48:12 · नेपाली बाइबल
उत्पत्ति 48:12 · नेपाली बाइबल

यूसुफले ती केटाहरूलाई आफ्ना बाबुको घुँडाबाट हटाए अनि तिनीहरू सबै आफ्नो बाबुअघि निहुरिए।

Cross references

उत्पत्ति 18:2

अब्राहामले आँखा उठाएर हेरे र उनले तीन जना पुरूषहरूलाई आफ्नो अगाडि उभिएको देखे। जब तिनले तिनीहरूलाई देखे तिनी तिनीहरूको सामु गए अनि नमस्कार गरे।

उत्पत्ति 19:1

साँझमा दुइजना स्वर्गदूतहरू सदोम शहरमा आए। त्यस बेला लूत सदोमको फाटकमा बसिरहेका थिए। लूतले स्वर्गदूतलाई देखेर भेट्न गए। तब लूतले तिनीहरूको सामुन्ने निहुरेर दण्डवत् गरे।

उत्पत्ति 23:7

अब्राहाम उठे अनि मानिसहरूको सामुन्ने शिर निहुराए।

उत्पत्ति 33:3

याकूब आफैं तिनीहरूको अगि गए अनि उसको आफ्नो दाज्यूको नजिक नपुगुञ्जेल सम्म सात पल्ट भूइँतिर घोप्ट्यो।

उत्पत्ति 42:6

त्यस समयमा मिश्र देशका प्रशासक यूसुफ थिए। त्यहाँ यूसुफ मात्र एकजना मानिस थिए, जसले मिश्र देशमा मानिसहरूलाई अन्न बेच-बिखन गरिएको निरीक्षण गर्थे। यसर्थ तिनका दाज्यू-भाइहरू तिनीकहाँ आए अनि शिर निहुर्याएर नमस्कार गरे।

प्रस्थान 20:12

तिमीहरूले आफ्नो आमा-बाबुलाई आदर गर्न पर्छ। यसो गर्यौ भने तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरद्वारा दिइने भूमिमा धेरै समयसम्म बाँच्न सक्नेछौ।

प्रस्थान 34:8

तब झट्टै मोशा भुइँमा घोप्टे अनि परमप्रभुको आराधना गरे। तब मोशाले भने,

लेवी 19:3

“तिमीहरू मध्ये प्रत्येकले आफ्नो आमा-बाबुलाई सम्मान गर्नुपर्छ अनि विश्रामको दिन पालन गर्नुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

लेवी 19:32

“बूढा-पाका मानिसहरूलाई उभिएर सम्मान गर जब तिनीहरू तिम्रो एउटा कोठामा अथवा घरभित्र पस्छन्। आफ्ना परमेश्वरको डर अनि सम्मान गर। म परमप्रभु हुँ।

1 राजा 2:19

यसकारण बतशेबा राजा सुलेमानसँग कुराकानी गर्न गइन्। राजा सुलेमानले उनलाई देखे अनि उनीसँग कुरा गर्न उभिए। तब उनले निहुरिएर ढोग भेट गरे अनि सिंहासनमा बसे। उनले चाकरहरूलाई आमाका लागि अर्को सिंहासन ल्याउन भने। तब तिनी उनको दाहिने पट्टि बसिन्।

2 राजा 4:37

तब शुनैमेली आइमाई कोठभित्र पसी अनि एलीशाको खुट्टामा निहुरिई। त्यसपछि उसले आफ्नो छोरालाई उठाई अनि बाहिर निस्कि।

हितोपदेश 31:28

तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्, तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्,

एफिसी 6:1

बालकहरू हो, प्रभुले चाहेको जस्तो, आफ्ना आमा-बाबुले भनेको मान। त्यो बाहेक, गर्नु पर्ने राम्रो कुरो यही होः

Interlinear

Choose Theme