याकूब आफैं तिनीहरूको अगि गए अनि उसको आफ्नो दाज्यूको नजिक नपुगुञ्जेल सम्म सात पल्ट भूइँतिर घोप्ट्यो।
Cross references
अब्राहामले आँखा उठाएर हेरे र उनले तीन जना पुरूषहरूलाई आफ्नो अगाडि उभिएको देखे। जब तिनले तिनीहरूलाई देखे तिनी तिनीहरूको सामु गए अनि नमस्कार गरे।
त्यस समयमा मिश्र देशका प्रशासक यूसुफ थिए। त्यहाँ यूसुफ मात्र एकजना मानिस थिए, जसले मिश्र देशमा मानिसहरूलाई अन्न बेच-बिखन गरिएको निरीक्षण गर्थे। यसर्थ तिनका दाज्यू-भाइहरू तिनीकहाँ आए अनि शिर निहुर्याएर नमस्कार गरे।
यूसुफ घरमा आए अनि दाज्यू-भाइहरूले तिनीहरूसित ल्याएको उपहारहरू तिनलाई दिए। त्यसपछि तिनीहरू तिनको अगाडी भूइँमा निहुरिए।
यूसुफले ती केटाहरूलाई आफ्ना बाबुको घुँडाबाट हटाए अनि तिनीहरू सबै आफ्नो बाबुअघि निहुरिए।
विगतमा धेरै भोजन प्राप्त गर्नेहरू अब काम नगरी भोजन नपाउने भएका छन्। तर विगतमा जो भोक-भोकै थिए, तिनीहरू अहिले भोजन खाएर मोटाएका छन्। आमा बन्ने सौभाग्य नपाएकी स्त्रीहरू अहिले सातवटाकी आमा बन्न सफल छिन्! तर जुन स्त्रीका धेरै सन्तानहरू थिए, तिनीहरू सबै गएकाले ती स्त्री दुःखी छिन्।
तिमी तिम्रै छिमेकीको नियन्त्रणमा पर्यौ, यसकारण फेरि पनि जाऊ अनि तिम्रो छिमेकिसंग क्षमा माग।
मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधार्न सक्ने छौ।
किनभने जसले आफैलाई माथि उठाउँछ त्यो तल झर्नु पर्छ। तर जसले आफैंलाई निम्न स्तरको मान्छ त्यसलाई उच्च तुल्याइनेछ।
गोठालाले सबै भेडाहरू बाहिर निकाल्दछ। तब ऊ सबैको अघि जाँदछ तिनीहरूको अगवाई गर्दछ। भेडाहरू उसैको पछि लाग्दछन् किनभने तिनीहरूले उसको आवाज चिन्दछन्।
“म असल गोठालो हुँ। असल गोठालोले भेडाका निम्ति आफ्नो जीवन प्रदान गर्दछ।
अनि भेडाले पनि मलाई चिन्दछ जसरी म पितालाई चिन्दछु। म ती भडाहरूका लागि जीवन अर्पण गर्छु।