Home Bibles उत्पत्ति 47:31 · नेपाली बाइबल
उत्पत्ति 47:31 · नेपाली बाइबल

तब याकूबले भने, “कसम खाऊ।” तब यूसुफले कसम खाए अनि भने उनले त्यही गर्नेछन् जे उनले गर्नु भनि कसम खाए। तब इस्राएल आफ्नो पलङ्गमाथिअडेसिएर शिर निहुराए।

Cross references

उत्पत्ति 21:23

यसर्थ परमेश्वरको नाउँमा मलाई वचन देऊ तिमी म र मेरा नानीहरूसित राम्रो व्यवहार गर्नेछौ। वचन देऊ तिमी, म अनि धर्ती प्रति जहाँ तिमी बाहिरको मानिस जस्तो भएर बसेका छौ दयालु हुने छौ। कसम् पनि खाऊ तिमी म प्रति दयालु हुने छौ जस्तो म तिमीप्रति छु।”

उत्पत्ति 24:2

अब्राहामको सबभन्दा पुरानो अनि प्रमुख सेवक तिनको प्रत्येक चीजको जिम्मेवार थियो। अब्राहामले उसलाई आफू भएको ठाउँमा बोलाए अनि भने, “तेरो हात मेरो तिघ्रामुनि राख।

उत्पत्ति 24:3

अब म चाहन्छु तैंसे मलाई एउटा वचन दे। पृथ्वी अनि स्वर्गका परमप्रभु परमेश्वरको अघि तैंले मलाई वचन दे कनान देशकी कुनै पनि कन्यासित मेरो छोरोको विवाह हुन दिने छैनस्। हामी तिनीहरूको वीचमा बस्छौं तर तैंले कनानी कन्यासित उसलाई विवाह गर्न दिने छैनस्।

उत्पत्ति 24:26

त्यो नोकर निहुरियो अनि परमप्रभुको उपासना गर्यो।

उत्पत्ति 47:29

इस्राएलले आफ्नो मृत्युको समय आयो भनी थाहा पाए। यसर्थ तिनले आफ्नो छोरो यूसुफलाई बोलाएर भने, “यदि तैंले मलाई साँच्चै प्रेम गर्छस् भने आफ्नो हात मेरो तिघ्रामुनि राखेर कसम खा। मलाई वचन दे जे म भन्छु त्यही मान्छु भनेर म प्रति तँ साँचो हो। जब म मर्छु मलाई मिश्र देशमा नगाड।

उत्पत्ति 48:1

केही समय पछि यूसुफले थाहा पाए उनका बाबु सिकिस्त बिमार थिए। यसर्थ यूसुफले आफ्ना छोराहरू मनश्शे र एप्रैमलाई लिएर बाबुकहाँ गए।

उत्पत्ति 50:5

‘मेरा बाबुको मृत्यु हुनअघि, मैले तिनलाई एउटा वचन दिएको थिएँ। मैले प्रतिज्ञा गरेको थिएँ म तिनलाई कनान भूमिमा दफन गर्नेछु। त्यो उनले आफ्नो निम्ति तयार पारेको ओडार हो। यसर्थ मेरा बाबुको अन्तिम संस्कार गर्न मलाई त्यहाँ जानु दिनु होस्। त्यसपछि म तपाईं कहाँ फर्केर आउने छु।”‘

1 राजा 1:47

हामी आशा गर्छौ तपाईंको परमेश्वरले सुलेमानलाई तपाईंभन्दा बढी नै प्रख्यात बनाउनु हुनेछ अनि हामी अझै आशा गर्छौ, सुलेमानको राज्य तपाईंको भन्दा पनि विशाल हुनेछ!’ यहाँ सम्म कि राजा दाऊद पनि त्यहाँ थिए!राजा दाऊदले आफ्नो ओछ्यानबाट निहुरेर सुलेमानलाई ढोग गरे।

हिब्रू 11:21

अनि उनले आफ्नो मृत्यु-शैय्यामा आफ्नो लौरोको दुप्पामा अडिई परमेश्वरको उपासना गर्दै, यूसुफका प्रत्येक छोराहरूलाई आशिष दिए। किनकि याकूबको विश्वास थियो।

Interlinear

Choose Theme