Home Bibles उत्पत्ति 46:27 · नेपाली बाइबल
उत्पत्ति 46:27 · नेपाली बाइबल

त्यसमा यूसुफका दुइजना छोराहरू पनि थिए जो मिश्र देशमा जन्मेका थिए। यसर्थ मिश्र देशमा याकूब परिवारका मानिसहरू जम्मा सत्तरी जना थिए।इस्राएल मिश्रमा पुग्छ

Cross references

प्रस्थान 1:1

याकूबले आफ्ना छोराहरूसित मिश्रदेशतिर यात्रा गरे अनि तिनका प्रत्येक छोरोसित आफ्नो-आफ्नो परिवार थिए। इस्राएलका छोराहरू यिनीहरू नै हुन्,

प्रस्थान 1:5

याकूबका आफ्नै परिवारका जम्मा सन्तानहरू सत्तरी जना थिए। यूसुफ याकूबका बाह्रजना छोराहरू मध्ये एकजना थिए (तर तिनी पहिलेदेखि नै मिश्रमा थिए।)

प्रस्थान 24:1

परमेश्वरले मोशालाई भन्नु भयो, “तिमी, हारून, नादाब, अबीहू अनि सत्तरी इस्राएलका जना अरू बूढा-प्रधानहरूसित पर्वतमाथि आउनु पर्छ अनि टाढोबाट मेरो आराधना गर्नु पर्छ।

व्यवस्था 10:22

जब तिमीहरूका पिता-पुर्खाहरू मिश्र देश गए त्यस समय तिनीहरूको जनसंख्या सत्तरी जना मात्र थियो तर अहिले परमप्रभुले तिमीहरूको परमेश्वरले तिमीहरूको जनसंख्या धेरै भन्दा पनि धेरै आकाशका ताराहरू जतिकै धेरै बनाइदिनु भएकोछ।

प्रेरित 7:14

तब यूसुफले उनका पिता याकूबलाई मिश्र देशमा निमन्त्रण गर्न केही मानिसहरू पठाए। उनले जम्मै आफन्तहरू पनि निम्त्याए (जम्मा पचहत्तर जना मानिसहरू)।

Interlinear

Choose Theme