जब तिमीहरूका पिता-पुर्खाहरू मिश्र देश गए त्यस समय तिनीहरूको जनसंख्या सत्तरी जना मात्र थियो तर अहिले परमप्रभुले तिमीहरूको परमेश्वरले तिमीहरूको जनसंख्या धेरै भन्दा पनि धेरै आकाशका ताराहरू जतिकै धेरै बनाइदिनु भएकोछ।
Cross references
त्यसपछि परमेश्वरले अब्रामलाई बाहिर लानु भयो र भन्नुभयो, “आकाशमा हेर, तिमीले त्यहाँ यति धेरै ताराहरू देख्नेछौ गन्नु सक्तैनौ। भविष्यमा तिम्रा पनि त्यति धेरै सन्तानहरू हुनेछन्।”
याकूबका सन्तानहरू जम्मा छयसठ्ठी जना थिए जो तिनीसित मिश्र देश गएका थिए। (यस संख्यामा याकूबका छोरा बुहारीहरू परेका छैनन्।)
त्यसमा यूसुफका दुइजना छोराहरू पनि थिए जो मिश्र देशमा जन्मेका थिए। यसर्थ मिश्र देशमा याकूब परिवारका मानिसहरू जम्मा सत्तरी जना थिए।इस्राएल मिश्रमा पुग्छ
याकूबका आफ्नै परिवारका जम्मा सन्तानहरू सत्तरी जना थिए। यूसुफ याकूबका बाह्रजना छोराहरू मध्ये एकजना थिए (तर तिनी पहिलेदेखि नै मिश्रमा थिए।)
यसर्थ इस्राएली मानिसहरूको जन-संख्या 6,01,730 थियो।
एक महीना र अधिक उमरेका पुरूष गन्दा लेवीहरूको संख्या 23,000 थियो। तिनीहरू मानिसहरूसित गनिएनन कारण तिनीहरूले इस्राएलका मानिसहरूसित भूमिमा अंश पाएनन्।
अनि झन् अहिले त परमप्रभु तिमीहरूको परमेश्वरले यति धेरैभन्दा धेरै मानिसहरू बढाउनु भयो तिमीहरू आकाशको ताराहरू झैं भरिएका छौ।
अहिले परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वर परमप्रभुले तिमीहरूलाई हजार गुणा संख्या बेशी बनाऊन् अनि प्रतिज्ञा गर्नु भए अनुसार नै तिमीहरूलाई आशीर्वाद दिऊन्।
तब परमप्रभु तिमीहरूका परमेश्वरको अघि तिमी भन्ने छौ, ‘मेरो पिता-पुर्खा फिरन्ते आरामी थिए। तिनी मिश्रदेशमा गएर बसो-बास गरे। जति बेला तिनी त्यहाँ गएका थिए उनको कुलमा केही मानिसहरू मात्र थिए तर मिश्रदेशमा उनको परिवार महान् अनि शक्तिशाली राष्ट्रमा परिणत भयो।
आकाशका ताराहरू जतिनै तिमीहरूका संख्या धेरै हुन सकछन् तर परमप्रभु तिमीहरूका परमेश्वरलाई नमानेको कारण तिमीहरू एकदमै थोरे संख्यामा रहने छौ।
तपाईंले तिनीहरूका सन्तानहरूलाई आकाशका ताराहरू जस्तै अनगिन्ती तुल्याई दिनुभयो। तपाईंले तिनीहरूलाई त्यो भूमिमा ल्याउनु भयो जुन भूमिमा तिनीहरूका पुर्खाहरूलाई प्रवेश गर्ने, अधिकारदिनु भएको थियो। केटा-केटीहरू प्रवेश गरे र त्यो भूमि अधिकारमा लिए।
तब यूसुफले उनका पिता याकूबलाई मिश्र देशमा निमन्त्रण गर्न केही मानिसहरू पठाए। उनले जम्मै आफन्तहरू पनि निम्त्याए (जम्मा पचहत्तर जना मानिसहरू)।
उनी यति बूढा थिए कि उनी प्राय मृत नै थिए। बाँच्न आशा समेत कमै थियो। तर त्यस्ता मानिसबाट संसारमा ताराहरू जत्ति कै असंख्य र बगरमा बालुवाको कणहरू जत्तिकै अनगन्ती सन्तानहरू जन्मे।