उत्पत्ति 44:22 · नेपाली बाइबल
अनि हामीले तपाईंलाई भनेका थियौं, ‘त्यो भाइ आउन सक्तैन। उनले बाबुलाई छोड्न सक्तैन। यदि उसको बाबुले यसलाई पनि गुमाउनु परे तिनी अत्यन्तै शोकाकुल हुनेछन्। तिनी त्यही शोकमा मर्न पनि सक्छन्।’
Cross references
उत्पत्ति 42:38
तर याकूबले भने, “म बिन्यामीनलाई तिमीहरूसित जान दिंदिन। उसको दाज्यू मर्यो अनि मेरी पत्नी राहेलबाट जन्मेको छोरो यो मात्र छ। मिश्र देश जाँदा यसलाई बाटोमा केही भए त्यस घटनाले मेरो मृत्युलाई निम्त्याउने छ। एक अति शोकाकुल बूढो मानिसलाई तिमीहरूले चिहानमा गाड्नेछौं।”
उत्पत्ति 44:30
अब, सोच्नु होस् यदि हामी त्यसलाई नलिई गए के हुन्छ होला। हाम्रा बाबुको जीवनको महत्व पूर्ण अङ्ग नै यही केटो हो।