Home Bibles उत्पत्ति 44:21 · नेपाली बाइबल
उत्पत्ति 44:21 · नेपाली बाइबल

तब तिमीले हामीलाई भनेका थियौ, ‘त्यसो भए त्यस भाइलाई मकहाँ लिएर आऊ।’ म उसलाई हेर्न चाहन्छु।

Cross references

उत्पत्ति 42:15

तर म तिमीहरूलाई आफू सत्य भएको प्रमाण गर्ने मौका दिन्छु। म राजा फिरऊनको नाउँमा शपथ खान्छु जबसम्म तिमीहरूको कान्छो भाइ यहाँ आउँदैन त्यतिञ्जेलसम्म तिमीहरूलाई जान दिने छैन।

उत्पत्ति 42:20

तर तिमीहरूको कान्छो भाइ लिएर तिमीहरू फर्की आउनै पर्छ। तब मात्र म थाहा पाउने छु तिमीहरूले साँचो बोलिरहेका छौ अनि तिमीहरूले मर्नु पर्ने छैन।”दाज्यू-भाइहरू यसमा सहमत भए।

उत्पत्ति 43:29

त्यसपछि यूसुफले आफ्नो भाइ बिन्यामीनलाई देखे। (बिन्यामीन र यूसुफकी एउटै आमा हुन्) यूसुफले भने, तिमीहरूले मलाई बताएको कान्छो भाइ यही हो?” त्यसपछि यूसुफले बिन्यामीनलाई भने, “हे बाबू, परमेश्वरले तिमीलाई आशीर्वाद दिनु हुनेछ।”

यर्मिया 24:6

म तिनीहरूलाई दया देखाउनेछु। म तिनीहरूलाई यहूदाको भूमिमा फर्काई ल्याउनेछु। म तिनीहरूलाई विकास गराउनेछु, नष्ट हुन दिँदिन। म तिनीहरूलाई चुडाउँदिन तर तिनीहरूलाई जगाउँछु ताकि तिनीहरूको विकास हुन सकोस्।

यर्मिया 40:4

तर अब म तिमीलाई मुक्त गरिदिनेछु। म तिमीलाई साङ्गलाबाट मुक्त पार्छु। यदि तिमी इच्छा गर्छौ भने म सँग बाबेलतिर जाऊँ, म तिम्रो राम्रो देख-रेख गर्ने छु। तर यदि तिमी मसँग आउँन चाहँदैनौ भने नआऊ। हेर, सारा देश नै तिम्रो सम्मुख छ अनि तिमी जहाँ जान चाहन्छौ त्यहाँ जाऊ।

आमोस 9:4

यद्यपि तिनीहरु तिनीहरुको शत्रुको कब्जामा गए पनि म तरवारलाई आज्ञा गर्नेछु अनि त्यसले तिनीहरुलाई मार्नेछ। मैले तिनीहरुलाई नोक्सान गर्ने नै निश्चय गरेंराम्रो गर्ने होइन।”

Interlinear

Choose Theme