इसहाक जब मरे तिनीहरू अत्यन्त वृद्ध भएका थिए अनि सम्पूर्ण जीवन उपभोग गरे। उसको छोरा एसाव अनि याकूबले तिनलाई तिनका पिताको ठाउँमै गाडे।
Cross references
तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुञ्जेलसम्म मेहनत गर्नु पर्नेछ,मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”
“तर जहाँसम्म तेरो कुरा छ, तँ मनग्गे बाँच्नेछस्। तँ शान्तिपूर्वक मर्नेछस् अनि तँ त्यहीं गाडिनेछस् जहाँ तेरा पिता-पुर्खाहरूलाई गाडिएको थियो।
तब अब्राहामले उनकी पत्नीको मृत शरीरलाई मक्पेलाको चउरमा कनान देशको हेब्रोन (मम्रे) को छेऊमा गुफामा गाडे।
अब्राहाम एक सय पचहत्तर वर्षसम्म स्वस्थ थिए।
त्यसपछि तिनी दुर्बल भए अनि मरे। तिनी घेरै वर्षसम्म आनन्दपूर्वक बाँचे। तिनलाई तिनका पुर्खाहरूसितै गाडियो।
तिनका छोराहरू इसहाक अनि इश्माएलले तिनलाई मक्पेलाको ओडारमा गाडे। यो ओडार सोअरको छोरो एप्रोनको खेतमा थियो। यो मम्रेको पूर्वमा थियो।
इश्माएल एक सय सैंतीस वर्षसम्म बाँचे। त्यसपछि उनको मृत्यु भयो। अनि उनलाई उनका आफन्तहरू गाडेको ठाउँमा गाडियो।
इसहाक बूढा भइसकेका थिए र उनका आँखा यति कमजोर भएका थिए उनले राम्ररी देख्न सक्तैन थिए। एक दिन आफ्नो जेठा छोरा एसावलाई बोलाएर भने, “हे मेरो छोरा।”एसावले उत्तर दिए, “भन्नु होस्, बाबु।”
यस आशीर्वादको कारणले त्यसपछि एसावले याकूबलाई घृणा गर्न थाले। एसावले मनमा सोचे, “मेरा बाबु अब चाँडै मर्नु हुन्छ, अनि त्यसपछि उनको शोक गर्ने समय आउनेछ, तर त्यसपछि म उसलाई मार्नेछु।”
त्यही ओडार हो जहाँ अब्राहाम र उसको स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी पत्नी रिबेकालाई पनि त्यस ओडारमा गाडिएको थियो। मैले मेरी पत्नी लेआलाई पनि त्यहाँ गाडेँ।
आफ्ना छोराहरूसित कुरा गरिसके पछि याकूबले आफनो खुट्टा ओछ्यानमा राखे अनि अन्तिम सास फेरे।
तिमी त्यो गहूँ जस्तै हुनेछौ जुन बाली काटिने बेलासम्ममा उब्जनेछ। हो, तिमी बृद्धवस्थासम्म बाँच्नु पर्नेछ।
डाँडाहरू देखि तिमीलाई डर लाग्छ। बाटोका स-साना ढुङ्गा देखि पनि लडछु कि भन्ने डर लाग्छ। तिम्रा केशहरू बदामका फुल जस्तै सेतै हुन्छन्। हिडदा खेरी एउटा फटेंग्राले जस्तै तिमीले आफूलाई घिसार्छौ। तिम्रो बाच्ने इच्छापनि हुँदैन, अनि त तिमी आफ्नो सदाको घरमा जानेछौ। अनि तिम्रा शरीरलाई दफन गर्न लैजाने मलामीहरू बाटोमा थुप्रने छन्।