Home Bibles 2 शमूएल 3:14 · नेपाली बाइबल
2 शमूएल 3:14 · नेपाली बाइबल

दाऊदले शाऊलका छोरा ईश्बोशेत कहाँ दूत पठाए। उसको सन्देश थियो, “मेरी पत्नी मीकल मलाई फर्काई देऊ। तिनी मेरो प्रतिज्ञा थिइन्। तिनलाई पाउँनका निम्ति मैले एकसय पलिश्तीहरू मारें।”

Cross references

1 शमूएल 18:25

शाऊलले फेरि भने, “दाऊदलाई भन, ‘दाऊद, राजाले उसका छोरीका निम्ति तिमीबाट दुलहीको दाम लिन चाहनु हुन्न, तर राजा आफ्ना शत्रुहरूसित बद्ला लिन चाहनुहुन्छ। यसर्थ राजाले रूपियाँको सट्टा एक सय पलिश्तीहरूका खलड्डी मात्र तिमीसँग माग्नुहुन्छ।”‘ यो शाऊलको धुर्त षड्‌यन्त्र थियो। शाऊलले सोच्थे पलिश्तीहरूले दाऊदलाई मार्ने छन् भनेर।

1 शमूएल 18:27

दाऊद र अरू मानिसहरू पलिश्तीहरूसँग युद्ध गर्न हिडे। तिनीहरूले 200 पलिश्तीहरूलाई मारे। दाऊदले पलिश्तीहरूका खलड्डी शाऊल कहाँ पुर्याए। राजाका ज्वाइँ हुनलाई दाऊदले यस्तो गरे।शाऊलले मीकलको विवाह दाऊदसँग गराए।

1 शमूएल 25:44

दाऊदले शाऊलकी छोरी मीकललाई पनि विवाह गरेका थिए। तर शाऊलले तिनलाई दाऊदबाट खोसे। शाऊलले गल्लीमको लेशको छोरा पलिश्तीलाई मीकल दिएका थिए।

2 शमूएल 2:10

ईश्बोशेत शाऊलका छोरा थिए। उसले इस्राएलमाथि शासन गर्दा उनी 40 वर्षका थिए। उनले 2 वर्ष शासन गरे। तर यहूदाका परिवार समूहले दाऊदलाई पच्छ्याए।

Interlinear

Choose Theme