Home Bibles ☰ Books उत्पत्ति 32:5 · नेपाली बाइबल
उत्पत्ति 32:5 · नेपाली बाइबल

मसित गाई, गधा, भेडाहरू र नोकर-नोकर्नी छन्। महाशय, तपाईंले हामीलाई ग्रहण गर्नु होस् भनी यो समाचार पठाउँदैछु।”‘

Cross references

उत्पत्ति 30:43

यसरी याकूब धेरै धनी भयो। उसित धेरै भेडा बाख्रा, धेरै नोकरहरू ऊँट र गधाहरू थिए।विदाइको बेला याकूब भाग्छन्

उत्पत्ति 31:3

परमप्रभुले याकूबलाई भन्नुभयो, “तिम्रा पुर्खाहरू जहाँ थिए, त्यही तिम्रो भूमिमा जाऊ म तिमीसंग हुनेछु।”

उत्पत्ति 31:16

परमेश्वरले हाम्रो बाबुबाट सबै सम्पति लिनु भयो अनि अहिले त्यो हाम्रो र हाम्रो नानीहरूको निम्ति भयो। यसर्थ तिमीले त्यही गर्नु पर्छ, जुन परमेश्वरले गर्नु भन्नु हुन्छ।”

उत्पत्ति 33:8

एसावले भने, “आउँदा बाटोमा मैले जो मानिसहरू देखें तिनीहरू को हुन? अनि ती सब पशुहरू के को निम्ति हुन्?”याकूबले उत्तर दियो, “तिनीहरू सब तिमीलाई मेरो उपहार हुन जसले गर्दा तिमीले मलाई स्वीकार गर्छौ।”

उत्पत्ति 33:11

यसकारण म बिन्ती गर्छु जो उपहार म दिदैछु त्यो स्वीकार गर। परमेश्वर ममाथि अत्यन्तै दयालु हुनुहुन्छ। मसँग मेरो आवश्यकताभन्दा बेशी छ।” यसरी याकूबले एसावसित उपहार स्वीकार गर्न विन्ती गर्यो। यसकारण एसावले याकूबको उपहार स्वीकार गर्यो।

उत्पत्ति 33:15

यसकारण एसावले भने, “तब म मेरा केही साथीहरूलाई तेरो सहायताको निम्ति छोडी दिन्छु।”तर याकूबले भन्यो, “यो तिम्रो विशेष दया हो। तर यसो गर्नु कुनै आवश्यकता छैन।”

उत्पत्ति 47:25

यसर्थ यूसुफले त्यस समयमा एउटा नियम बनाए जुन आजसम्म चलिरहेको छ। त्यस नियमले यसो भन्छ “भूमिबाट उब्जेको प्रत्येक चीजको पाँच भागमा एक भाग चाहि फिरऊनको हो।

रूथ 2:2

एकदिन रूथले (मोआबी स्त्री) नाओमीलाई भनिन्, “म खेतहरूतिर जानलाई सोच्दैछु। हुन सक्छ म कसैलाई भेट्ने छु जो म प्रति दयालु हुने छन् अनि उनले आफ्नो खेतमा अन्न मलाई सिला गर्न दिनेछन्।”

1 शमूएल 1:18

हन्नाले भनिन्, “म आशा गर्छु तपाईं पनि मसँग खुशी हुनुहुन्छ।” तब हन्ना गइन् र केही खाने कुरा खाइन्। तिनी फेरि दुःखीत भइनन्।

2 शमूएल 16:4

तब राजाले सीबालाई भने, “यही कारणले मेपीबोशेथका जाय जेथा अब म तिमीलाई दिन्छु।”सीबाले भने, “म तपाईंसँग नतमस्तक छु। मलाई विश्वास छ म तपाईंलाई सधैं रिझाउनसक्छु।”

अय्यूब 6:22

के मैले तिमीहरूलाई सहायता मागे? होइन। तर तिमीहरूले मलाई आफ्ना सल्लाहहरू खुल्ला रूपमा दियौ।

Interlinear

Choose Theme