Home Bibles 2 शमूएल 16:4 · नेपाली बाइबल
2 शमूएल 16:4 · नेपाली बाइबल

तब राजाले सीबालाई भने, “यही कारणले मेपीबोशेथका जाय जेथा अब म तिमीलाई दिन्छु।”सीबाले भने, “म तपाईंसँग नतमस्तक छु। मलाई विश्वास छ म तपाईंलाई सधैं रिझाउनसक्छु।”

Cross references

प्रस्थान 23:8

“घूस स्वीकार नगर, घूसले न्यायलाई अन्धा बनाउन सक्छ अनि निर्दोष मानिसको अधिकारलाई अस्वीकार गर्छ।

व्यवस्था 19:15

“यदि कुनै मानिस व्यवस्था विरोधी कार्य गरेकोमा दोषी भए उसको दोष प्रमाण गर्न एक जना गवाही पर्याप्त हुँदैन। त्यस मानिसले साँच्चै दोष गरेको प्रमाणित गर्न दुई अथवा तीनजना गवाहीहरू चाहिन्छन्।

2 शमूएल 9:9

त्यसपछि राजा दाऊदले शाऊलका नोकर सीबालाई बोलाएर भने, “शाऊलका जे जति जेथा थिए ती सब मैले तिम्रो मालिकका नाति (मपीबोशेत)लाई दिएँ।

2 शमूएल 14:4

टुकोबाट आएकी त्यस महिलाले झुकेर भुँइतिर अनुहार पार्दै राजालाई भनिन्, “महाराज, मलाई दया गर्नुहोस्।”

2 शमूएल 14:8

तब राजाले त्यस स्त्रीलाई भने, “तिमी घर जाऊ। तिम्रो पक्षमा आदेश दिनेछु।”

2 शमूएल 14:10

राजाले भने, “यदि कसैले तिमीलाई केही नराम्रो भन्दैछ भने त्यसलाई मेरो अघि हाजिर गराऊ। त्यसपछि त्यसले तिमीलाई त्यसरी सताउने छैन।”

2 शमूएल 14:22

योआबले भुँइतिर अनुहार झुकाए र तिनले राजा दाऊदप्रति आभार व्यक्त गर्दै भने, “आज तपाईं म प्रति खुशी हुनुहुन्छ मैले बुझें तपाईंले मेरो कुरा सुन्नुभयो।”

हितोपदेश 18:13

जसले कुरा सुन्न अघि उत्तर दिन्छ ऊ झमेला गराउँने मूर्ख हो।

हितोपदेश 18:17

आफ्नो मुद्दाको बारेमा बोल्ने पहिलो मानिस, अर्को मानिसबाट केरकार नहुञ्जेलसम्म सही जस्तो लाग्छ।

हितोपदेश 19:2

बिनाज्ञान उत्साहीत हुनु राम्रो होइन। यदि तिमी धेरै हतार गर्छौ भने विराउने छौ।

Interlinear

Choose Theme