Home Bibles उत्पत्ति 31:35 · नेपाली बाइबल
उत्पत्ति 31:35 · नेपाली बाइबल

अनि राहेलले आफ्नो बाबुसित भनिन्, “बुबा मसित नरिसाउनु है, म तपाईंको अघि उभिन असमर्थ छु कारण अहिले मेरो मासिक धर्म चलिरहेको छ।” यसर्थ लाबानले पालमा खोजी गरे तर उनले देवताहरू कही पाएनन्।

Cross references

उत्पत्ति 18:11

अब्राहाम र सारा निकै वृद्ध भइसकेका थिए। साराको सन्तान जन्मिने समय बितिसकेको थियो।

प्रस्थान 20:12

तिमीहरूले आफ्नो आमा-बाबुलाई आदर गर्न पर्छ। यसो गर्यौ भने तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरद्वारा दिइने भूमिमा धेरै समयसम्म बाँच्न सक्नेछौ।

लेवी 15:19

“यदि एकजना स्त्रीको मासिक रजस्वला नियमित छ उसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछ। यदि कसैले उसलाई छुन्छ, ऊ सात दिनसम्म अशुद्ध हुन्छ।

लेवी 19:3

“तिमीहरू मध्ये प्रत्येकले आफ्नो आमा-बाबुलाई सम्मान गर्नुपर्छ अनि विश्रामको दिन पालन गर्नुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

लेवी 19:32

“बूढा-पाका मानिसहरूलाई उभिएर सम्मान गर जब तिनीहरू तिम्रो एउटा कोठामा अथवा घरभित्र पस्छन्। आफ्ना परमेश्वरको डर अनि सम्मान गर। म परमप्रभु हुँ।

1 राजा 2:19

यसकारण बतशेबा राजा सुलेमानसँग कुराकानी गर्न गइन्। राजा सुलेमानले उनलाई देखे अनि उनीसँग कुरा गर्न उभिए। तब उनले निहुरिएर ढोग भेट गरे अनि सिंहासनमा बसे। उनले चाकरहरूलाई आमाका लागि अर्को सिंहासन ल्याउन भने। तब तिनी उनको दाहिने पट्टि बसिन्।

एफिसी 6:1

बालकहरू हो, प्रभुले चाहेको जस्तो, आफ्ना आमा-बाबुले भनेको मान। त्यो बाहेक, गर्नु पर्ने राम्रो कुरो यही होः

1 पत्रुस 2:18

दासहरु हो! तिमीहरुको मालिकको अधीन स्वीकार गर। पूर्ण सम्मान साथ यसो गर। तिमीहरुले मालिकहरुको आज्ञा पालन गर्नुपर्छ जो असल अनि दयालु छन्। अनि मालिक नराम्रो भए पनि उसको आज्ञा पालन गर्नु पर्छ।

1 पत्रुस 3:6

म ‘सारा’ जस्ती स्त्रीहरुको विषयमा बात गरिरहेछु। तिनले आफ्ना पति अब्राहामको आज्ञा पालन गरिन्। अनि तिनलाई आफ्ना मालिक मानिन्। अनि तिमी स्त्रीहरु ‘सारा’-का साँचो सन्तानहरु हौ, यदि तिमीहरुले सुकर्म गरेकी छौ अनि भयभीत भएकी छैनौ भने।

Interlinear

Choose Theme