उत्पत्ति 31:34 · नेपाली बाइबल
राहेलले ती देवताहरू ऊँटको जीनमुनि लुकाएकी थिइन् अनि त्यसैमाथि बसेकी थिइन्। लाबानले सम्पूर्ण पाल चहारे र उनले देवताहरू भेट्न सकेनन्।
Cross references
उत्पत्ति 31:17
यसर्थ याकूब आफ्नो यात्राको निम्ति तयार भयो। उनले आफ्नो पत्नीहरू र नानीहरूलाई ऊँटमाथि राख्यो।
उत्पत्ति 31:19
त्यस समय लाबान आफ्नो भेडाहरूको ऊन काट्न गएका थिए। जब ती गएका थिए, राहेल उनको घरमा गइन् अनि आफ्नो बाबुको झुटो देवता चोरेर ल्याईन्।
लेवी 15:9
त्यो धातुको रोग लागेको मानिस जसमा चढ्छ त्यो अशुद्ध हुन्छ।
न्यायकर्ता 18:24
मीकाले उत्तर दिए, “तिमी दानका मानिसहरूले मेरा मूर्तिहरू लग्यौ। ती मूर्तिहरू म आफैंले बनाएको हो। तिमीहरूले मेरो पूजाहारीलाई पनि लग्यौ। अब मसित के रह्यो र? ‘कसरी तिमीहरूले मलाई के कष्ट पर्यो भनेर सोध्छौ?’”