Home Bibles उत्पत्ति 31:1 · नेपाली बाइबल
उत्पत्ति 31:1 · नेपाली बाइबल

एकदिन याकूबले लाबानको छोराहरू कुरा गरिरहेको सुन्यो। तिनीहरूले भने, “हाम्रा बाबुसित भएको सम्पत्तिहरू याकूबले सबै लग्यो। याकूब धनी मानिस भयो। अनि उनले हाम्रा बाबुको सबै सम्पत्तिहरू लग्यो।”

Cross references

उत्पत्ति 31:8

“एक पल्ट लाबानले भने, ‘तिमीले थोप्ले जति सबै बाख्राहरू राख्न सक्छौ, यही तिम्रो ज्याला हुनेछ।’ जब उनले त्यसो भने, तब सबै पशुहरूले सिंगारे पाठाहरू बियाए। यसर्थ ती सबै मेरा थिए। तर लाबानले भने, ‘म थोप्ले बाख्राहरू राख्छु। सबै सिंगारे बाख्राहरू तिमी राख्न सक्छौ। त्यही तिम्रो ज्याला हुनेछ।’ तिनले त्यसो भनेपछि सबै पशुहरूले सिंगारे पाठाहरू बियाए।

उत्पत्ति 45:13

यसर्थ मेरा बुबालाई मैले मिश्र देशमा पाएको सम्मानको विषयमा भनिदेऊ। तिमीहरूले यहाँ देखेको प्रत्येक कुरा सुनाई देऊ। अब झट्टै जाऊ अनि मेरा बुबालाई यहाँ लिएर आऊ।”

एस्तर 5:11

हामानले उसका धेरै छोरा-छोरीहरूसंग राजाले तिनलाई सम्मन गरेको बताए राजाले तिनलाई राजाका समस्त अधिकारीहरू अनि सेवकहरू माथिल्लो ओहोदामा राखेको धाक लगाए।

अय्यूब 31:24

मैले कहिले पनि आफ्नो धनमा भरोसा गरिन। मैले सधैं परमेश्वरमाथि सहायताको लागि भरोसा गरें। मैले धनलाई कहिल्यै पनि भनिन कि तिमी मेरो आशा हौ।”

अय्यूब 31:31

मेरा घरका सबै मानिसहरू जान्दछन कि मैले परदेशीहरूलाई सधें भोजन खुवाएँ।

भजनसंग्रह 17:14

हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीमा बस्ने प्राणीहरूबाट हटाउनुहोस्। हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्। ती मानिसहरूको यो जीवनभित्र प्रचुर केही पनि छैन। ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्। तिनीहरूका नानीहरूलाई चाहे जति सबै दिनुहोस्। ती नानीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्।

भजनसंग्रह 49:16

तिनीहरू धनी छन् भनेर मानिसहरूसित नडराऊ। तिनीहरूका सुन्दर घरहरू छन् भनी नडराऊ।

भजनसंग्रह 57:4

मेरो प्राण विपदमा छ। मेरा शत्रुहरू चारैतिर छन्। तिनीहरू तीखा भालाहरू र काँडाहरू जस्ता दाँत अनि तरवार जस्तो धारिलो जिब्रो लिएर मानिसहरूलाई सिंहहरू जस्तो गर्जनछन्।

भजनसंग्रह 64:3

तिनीहरूले मेरो विषयमा नाना थरिका अनुचित कुराहरू गरेकाछन्। तिनीहरूका जिब्रोहरू तरवार जस्ता धारिला छन्, तिनीहरूको तीता वचनहरू काँड झैं तिखा छन्।

भजनसंग्रह 120:3

झूटो बोल्नहरु, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ? जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ।

हितोपदेश 14:30

शान्ति हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहले शरीरको हड्डी सम्म मककाउँछ।

हितोपदेश 27:4

रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ?

उपदेशक 4:4

मैले फेरि सोचें, ‘मानिसहरू यति कठोर परिश्रम किन गर्छन्।’ मैले बुझें मानिस सफल हुनालाई र अरूहरू भन्दा ठूलो बन्नालाई परिश्रम गरिरहन्छन्। यस्तो कोशिश यसकारण गरिन्छ कि मानिस इर्ष्यालु हुन्छन्। आफ्नोमा जति छ, अरूकोमा त्यो भन्दा धेर नहोस् भन्ने उनीहरू चाँहन्छन्। यी सब अर्थहीन कुराहरू हुन्। यो हावालाई पक्रनु जस्तो हो।

यशैया 5:14

तब तिनीहरू मर्नेछन् र पातालमा जानेछन् सियोलले, तिनीहरूले धेरै-धेरै मानिसहरू भेट्नेछ। चिहानले आफ्नो ठूलो मुख उघारेर बसेको छ। अनि सबै मानिस सियोल भित्र जानेछन्।

यर्मिया 9:23

परमप्रभु भन्नुहुन्छ “ज्ञानीले आफ्ना ज्ञान बारे शेखी गर्नु हुँदैन्। बलवानले आफ्ना शक्ति बारे घमण्ड गर्नु हुँदैन्। धनीले आफ्ना धन बारे अहम् गर्नु हुँदैन्।

इजकिएल 16:44

“तिम्रो विषयमा कुरा गर्ने सबैसित अर्को एउटा कुरा पनि होला। तिनीहरू भन्छन, ‘जस्तो आमा त्यस्तै छोरी।’

मत्ती 4:8

त्यसपछि शैतानले येशूलाई एउटा अति अल्गो पर्वतमा पुर्यायो। उसले येशूलाई संसारका सबै राज्यहरू, त्यहाँ भएका वैभव देखायो।

1 तिमोथी 6:4

झूटा शिक्षा दिने मानिस अहंकारी हुन्छ र केही बुझ्न नसक्ने हुन्छ। यस्तो मानिस बहस-प्रेमी हुन्छ अनि वचनहरू बारे झगडा गर्छ। यसले इर्ष्या, झगडा, अपमान अनि कुशंका ल्याउँछ।

तीतस 3:3

अघि-अघि हामी मूर्ख थियौं। हामीले आज्ञा पालन गरेनौं, हामी गलत थियौं अनि आफ्नो शरीरको वश थियौं, जसले नराम्रा कुरा गर्न चाहन्थे। हामीले दुष्टता अनि इर्ष्याको जीवन बाँच्यौं। मानिसहरूले घृणा गरेको जीवन बाँच्दै थियौं अनि हामीले तिनीहरूलाई घृणा गरयौं।

1 पत्रुस 1:24

धर्मशास्त्रले भन्छ“मानिसहरु सँधैं बाँच्तैनन्, तिनीहरु घाँस झै हुन् तिनीहरुको माहिमा घाँसको फूल झै हो। घाँस ओइलिन्छ, अनि फूलहरु झर्छन्।

Interlinear

Choose Theme