Home Bibles उत्पत्ति 30:17 · नेपाली बाइबल
उत्पत्ति 30:17 · नेपाली बाइबल

तब परमेश्वरले लेआलाई फेरि गर्भवती हुन दिनु भयो, उनले पाँचौं छोरो जन्माइन्।

Cross references

उत्पत्ति 30:6

राहेलले भनी, “परमेश्वरले मेरो प्रार्थना सुन्नु भयो र उहाँले मलाई एउटा छोरो दिने निर्णय गर्नु भयो।” यसर्थ राहेलले छोरोको नाउँ दान राखीन्।

उत्पत्ति 30:22

त्यसपछि परमेश्वरले राहेलको प्रार्थना सुन्नु भयो अनि राहेललाई नानीहरू जन्माउनु सम्भव गराई दिनु भयो।

प्रस्थान 3:7

मोशाले उसको अनुहार छोपे किनभने ऊ परमेश्वर तिर हेर्न डराएका थिए।परमेश्वरले उनलाई भन्नुभयो, “मिश्रमा भएका मेरो मानिसहरूले कष्ट भोगेको मैले देखेको छु। मैले तिनीहरूको शोकपूर्ण प्रार्थनाहरू सुनेको छु, जब तिनीहरूका कमारा मालिकहरूले जबरदस्ती कठिन कामहरू गर्न लगाए। म तिनीहरूको दुःखको कारण पनि जानेकोछु।

1 शमूएल 1:20

तिनी गर्भवती भइन्। समय पुगेपछि हन्नाले एउटा छोरो जन्माइन्। तिनले छोराको नाउँ शमूएलराखिन्। तिनले भनिन्, “यसको नाउँ शामूएल हो किनभने यसलाई मैले परमप्रभुसित मागेकी हुँ।”

1 शमूएल 1:26

हन्नाले बालकलाई एलीको अघिल्तिर लिएर गइन् र भनिन्, “महाशाय, मलाई क्षमा गर्नु होला। म त्यही स्त्री हुँ, जो परमप्रभुलाई प्रार्थना गर्दागर्दै तपाईंका सामु उभिएकी थिएँ। मैले साँचो भनिरहेको छु।

लूका 1:13

ती स्वर्गदूतले जकरियालाई भने, “जकरिया, नडराऊ। तिम्रो प्रार्थनालाई परमेश्वरले सुनिदिनु भएकोछ। तिम्री पत्नी इलीशिबाले एउटा पुत्र जन्म दिनेछन्। उनको नाउँ तिमीले यूहन्ना राखिदिनु।

Interlinear

Choose Theme