Home Bibles उत्पत्ति 30:13 · नेपाली बाइबल
उत्पत्ति 30:13 · नेपाली बाइबल

लेआले भनीन्, “म एकदमै खुशी छु, अब स्त्री जातिहरूले मलाई सुखी भन्नेछन्।” यसर्थ उनले त्यस छोरोको नाउँ आशेर राखीन्।

Cross references

उत्पत्ति 35:26

लेआकी कमारी जिल्पाबाट जन्मिएका छोरीहरू गाद र आशेर थिए। यी तिनका नानीहरू तब जन्मिएका थिए जब तिनी पद्दमआराममा थिए।

उत्पत्ति 46:17

अशेरका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरिआका हेवेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।

उत्पत्ति 49:20

“आशेरको भूमिमा राम्रो उब्जनी हुनेछ। त्यसले राजाका लागि उत्तम उपयोगी खाद्य प्रदान गर्ने छ।”

व्यवस्था 33:24

मोशाले आशेरको विषयमा यसो भनेः “छोराहरूमध्ये आशेर सबैभन्दा बढी आशीर्वाद पाउने हो। ऊ आफ्ना दाज्यू-भाइहरूको खूबै प्यारो होस्। अनि उसले आफ्नो गोडाहरू तेलले धुन सकोस्।

हितोपदेश 31:28

तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्, तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्,

श्रेष्ठगीत 6:9

तर त्यहाँ मेरो ढुक्कुरको निम्ति एउटै स्त्री छन् मेरो सम्पूर्णता जुन आमाले तिनलाई जन्माइन् ती आमाकी प्रसिद्ध नानी जवान स्त्रीहरूले देखेर प्रशंसा गरे, अनि रानीहरू र रखौटीहरूले पनि तिनको प्रशंसा गरे।

लूका 1:48

किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो, अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्,

Interlinear

Choose Theme