जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैंचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरु बगैंचाको रुखहरुमाझ लुके।
Cross references
तब त्यस पुरुष मानिसले उत्तर दियो, “तपाईको आवाज मैले बगैंचा भित्र चाल पाएँ र म नाङ्गैं रहेको हुँदा डराएँ र म लुकें।”
तिमीहरूले परमेश्वरलाई आगोबाट बोल्नु भएको सुनेका छौ र पनि तिमीहरू जीवित नै छौ। तर तिमीहरूलाई थाहा छ अरू मानिसहरूसित यस्तो भएको छ? कहिले पनि भएको छैन।
तर यदि परमप्रभु हाम्रा परमेश्वर फेरि हामीहरूसित कुरा गरेको सुन्छौ हामी निश्चय मर्नेछौं। त्यो भयंकर आगोले हामीलाई ध्वंश पार्नेछ तर हामी मर्न चाहदैनौ।
किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको रक्षा गर्न अनि शत्रुहरूलाई तिमीहरूको नियन्त्रणमा ल्याउनलाई छाउनीभित्र बाहिर तिमीहरूसँगै हुनु हुनेछ। यसकारण छाउनी पवित्र राख्नु पर्छ। यदि परमप्रभुले केही कुरा घिनलाग्दो देख्नु भयो भने उहाँ तिमीहरूदेखि गईहाल्नु हुन्छ।
बाक्लो बादलले उहाँलाई हामीदेखि लुकाउँछ, यसैले जब उहाँ आकाशको उच्चतम भागमा हिडनु हुन्छ माथि आकाशबाट उहाँले हामीलाई देख्नु हँदैन।’
अन्य मानिसहरूले आफ्नो अपराधहरू लुकाउने कोशिश गर्छन तर मैले मेरो दोष कहिल्यै लुकाइन।
मानिसहरूले के गर्दछ भनेर परमेश्वर नियाल्नु हुन्छ। मानिसहरूको प्रत्येक पाइलाका चाललाई परमेश्वर जान्नु हुन्छ।
तब परमेश्वर भुँवरीबाट अय्यूबसित बोल्नु भयो। परमेश्वरले भन्नुभयोः
हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो। तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ।
परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खराब असल देखिरहनु भएको हुन्छ।
मैले देख्न सक्तिन भन्ने विचारमा एउटा मानिसले आफैलाई लुकाउन सक्ला। तर यो मूर्खता हो। के म स्वर्ग र पृथ्वी र्भदिन र?” परमप्रभुले यसो भन्नुभयो।
यद्यपि तिनीहरुले पत्ताल भित्र खने ता पनि तिनीहरु भएकहाँ मेरो हात पुग्नेछ अनि यदि तिनीहरु स्वर्गमा चढे पनि म तिनीहरुलाई त्यहाँबाट तल झार्नेछु।