अब्राहामले होमबलिको निम्ति दाउरा उठाएर छोरोको काँधमा राखि दिए। तिनले एउटा विशेष काट्ने हतियार र आगो पनि लगे। त्यसपछि अब्राहाम र तिनको छोरो आराधना गरिने ठाउँमा गए।
Cross references
एलियाले एलीशासँग भने, “कृपया यहीं पर्ख किनकि परमप्रभुले मलाई यर्दन तरेर जानु भन्नुभएको छ।”एलीशाले भने, “परमेश्वरको साक्षी दिएर म प्रतिज्ञा गर्छु, म तपाईंलाई छोड्ने छैन।” अनि दुइ व्यक्ति गए।
हामी सबै भेडा जस्तै लक्ष्यविहीन घुमिरह्यौं। हामी सबै आ-आफ्ना बाटो तिर लाग्यौ। परमप्रभुले हाम्रो दोषहरू माफ गरिदिनु भयो अनि हामीले आफ्ना सबै दोष उहाँमाथि थुपार्यौं।
यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो‘उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो, अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो”
ती अगमवक्ताहरूले भनी सकेका थिए कि ख्रीष्टलाई उहाँको महिमा भित्र पस्नु यी सब कुराहरू भोग्नु आवश्यक थियो।”
येशूले आफ्नो क्रूस बोक्नु भयो अनि उहाँ “खोपडी ठाऊँ” तर्फ जानु भयो (हिब्रू भाषामा “गलगथा” भनिन्छ)
ख्रीष्टले हाम्रा पापहरु आफ्नो शरीरमा क्रूसमा बोक्नु भयो। उहाँले यसो गर्नुभयो ताकि हामी पापको निम्ति मरे र र्धमिकताको कककनिम्ति अनि जे उचित छ त्यसका निम्ति बाँच्ने गरौं। उहाँको चोटहरुले तिमीहरु निको पारियौ।