तेस्रो शाखा नदीको नाउँ हिद्देकेल हो र यो नदी अश्शूरको पूर्वतिर बग्छ। चौथो शाखा नदीको नाउँ यूफ्रेटिस हो।
Cross references
यहाँबाट तिनी अश्शूर गए अनि नीनवे, रहोबोतीर र कालह शहरहरु बनाए।
शेमका छोराहरु एलाम, अश्शूर, अर्पक्षद, लूद अराम थिए।
यस प्रकारले त्यसै दिन परमप्रभुले अब्रामसित एउटा सम्झौता गर्नु भयो अनि भन्नुभयो, “तेरा सन्तानहरूका लागि मात्र म यो घरती दिनेछु।
इश्माएलका सन्तानहरू समस्त मरूभूमिको इलाकामा बसे। यिनीहरूको इलाका हवीलादेखि शूरको नजिक मिश्रको सीमा र यसको पनि अघि अश्शूरको किनारसम्म थियो। तिनीहरू घुमी हिंडे अनि आफ्नो दाज्यू-भाइ, सन्तानहरू र भूमिमाथि आक्रमण गरिरहे।
अब पहाडी क्षेत्रितिर जाऊ जहाँ अमोरीहरू बस्छन्। त्यहाँ सबै भूमिहरूको चारैतिर जाऊ। यर्दनको बेंसीमा जाऊ, पर्वतहरूमा, तराईहरूमा, नेगेवमा, समुद्रका किनारमा, कनान अनि लबानोन अनि यूफ्रेटिससम्म जाऊ।
तिमीहरूले टेके जति भूमि तिमीहरू कै हुनेछ। तिमीहरूको भूमि पूर्वमा यूफ्रेटिस, नदीदेखि पश्चिममा भूमध्य सगारसम्म अनि उत्तरमा लबानोन दक्षिणमा मरूभूमिसम्म हुनेछ।
“पहिलो वर्षको चौबीसौं दिनमा मैले आफूलाई ठूलो नदी अर्थात टाइग्रिस नदीको किनारमा पाएँ।
त्यो आवाजले छैटौ स्वर्गदूत, जोसित तुरही थियो त्यसलाई भन्यो, “ती चार स्वर्गदूतहरुलाई मुक्त गर जो महानदी यूफ्रेटिसमा बाँधिएका छन्।”