यहाँबाट तिनी अश्शूर गए अनि नीनवे, रहोबोतीर र कालह शहरहरु बनाए।
Cross references
तर केनीहरू पनि ध्वंश पारिनेछन् जब अश्शूरले तिमीहरूलाई कैदी बनाउँनेछ।”
जहाजहरू कित्तीमको किनारबाट आउनेछन् र तिनीहरूले अश्शूर र एबरलाई परास्त पार्नेछन्। तर तिनीहरू पनि ध्वंश गराइनेछन्।”
यसकारण अश्शूरका राजा सनहेरीबले त्यो ठाउँ छोडे अनि नीनवे फर्किए जहाँ तिनी बस्ने गर्दथे।
तिनीहरू यरूबाबेल, “कुलका अगुवाहरू कहाँ आए। अनि तिनीहरूलाई भने। हामीहरूलाई निर्माण गर्न र तिमीहरूलाई सहायता गर्न देऊ, तिमीहरूले जस्तै हामी पनि तिमीहरूका परमेश्वरको प्रार्थना गर्छौ अनि हामीहरू अश्शूरका राजा एसरहद्दोनको समयदेखि बलिदान अर्पण गरिरहेका छौं जसले हामीहरूलाई यहाँ ल्याए।”
असिरियनहरू समेत तिनीहरूसँग मिल्न पुगे। तिनीहरूले लूतका सन्तानहरूलाई अति शक्तिशाली बनाए।
यसैले अश्शूरका राजा, सनहेरीब, निनवेमा गए अनि त्यहाँ बसे।
हारान, कन्नेह, अदन तथा शेबा, अश्शूर र किल्मदका व्यापारीहरूले पनि तिमीसँग व्यापार गर्थे।
“अश्शूर अनि त्यसको सबै सेना मृत्युको ठाँउमा छन्। अश्शूरका ती सबै सैनिकहरू युद्धमा मरिएका थिए। तिनीहरूको चिहान अरूको चिहान वरिपरि छन्।
“अश्शूरले हामीलाई बचाउँन सक्तैंन। हामी घोडहरूमाथि सवार हुनेछैनौ। न त हामी आफ्नो हातले बनाएको कुरालाई ‘हाम्रो परमेश्वर’ भन्नेछौ। किन? किनकि बिना आमा बाबुका संतानहरूप्रति दया गर्ने केवल तपाईं मात्र हुनुहुन्छ।”
“निनवे एउटा ठुलो शहर हो, त्यहाँका मानिसहरुले दुष्ट कर्महरू गरिरहेको बिषयमा मैले सुनेकोछु। यसकारण, तिमी त्यो शहरमा जाऊ, अनि त्यहाँका मानिसहरुलाई ती नराम्रा कामहरु छोडिदेऊ भनी भन।”
त्यसपछि परमप्रभुले योनालाई फेरि भन्नुभयो,
अनि तिनीहरुले अश्शूरमाथि तरवारले र निम्रोदको भूमिमाथि नाङ्गो तरवारले शासन गर्नेछन्। अब अश्शूरीहरु हाम्रो देश भित्र पस्छन् र हाम्रो सिमानामा पाईला टेक्छन् तब उहाँले हामीहरुलाई अश्शूरीहरुको हातबाट बचाउँनुहुनेछ।
निनवे शहरको बिषयमा यो दुःखको वचन हो। यो पुस्तक नहूमको दर्शनको पुस्तक हो। नहूम एल्कीशीका छोरा थिए।