पछि, ती पशुको मासु खान ठूला-ठूला पंक्षीहरू उडेर आए तर अब्रामले तिनीहरूलाई धपाए।
Cross references
म तपाईंको ज्ञानपूर्ण विधिहरूको बारेमा बताउने छु।
तिनीहरूलाई भन, यो त्यही हो जुन परमप्रभु मेरा मालिकले भन्नुहुन्छु “एउटा विशाल चील विशाल पखेटासित लबानोन आउँदैछ। चीलको धेरै रंगहरू भएको लामो लामो प्वाँखहरू थिए। त्यो लबानोनमा आयो अनि देवदारू रूखको टुप्पा लग्यो।
त्यसपछि अर्को ठूलो पखेटा भएको गरूडले दाखको बोट देख्यो। गरूडको लामो पंखेटा थियो। दाखको बोटले चाहन्थ्यो कि यो नयाँ गरूडले उसको देख रेख गरोस्। यसकारण त्यसले आफ्नो जराहरू त्यो गरूड भए पट्टि फैलायो। यसको हाँगाहरू गरूड भएको पट्टि फैलिन थाल्यो। यसको हाँगाहरू त्यो खेतदेखि टाढो सम्म फैलिन थाल्यो, जहाँ यो रोपेको थियो। दाखको बोटले चाहन्थ्यो नयाँ गरूडले उसलाई पानी हालोस्।
जब तिनीले बीऊ छर्दै थिए, केही बीऊहरू बाटोतिर परे। चरा-चुरूङ्गी आएर ती बीऊहरू खाए।