कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूलाई पराजित गेरपछि अब्राम आफ्नो घर फर्के। जब तिनी घर आए सदोमका राजा तिनलाई भेट्न शाबेको बेंसीमा आए। यस ठाउँलाई ऐले राजाको बेंसी भनिन्छ।
Cross references
यिप्तह मिस्पा फर्केर गए। यिप्तह आफ्ना घर गए अनि उसकी छोरी तिनलाई भेट्न घरबाहिर निस्की। तिनी खैंजडी बजाउँदै अनि नाच्दै थिईन्। तिनी उसकी एउटै छोरी थिईन्। यिप्तहले उसलाई अत्यन्तै प्रेम गर्थे। यिप्तहका अरू छोरा-छोरी थिएनन्।
दाऊद पलिश्तीहरू विरूद्ध युद्ध लड्न जाने गर्थ्यो। युद्ध भूमिबाट घरतिर फर्कंदा दाऊदलाई इस्राएलको प्रत्येक शहरबाट स्त्रीहरू स्वागत जनाउन आउँथे। ती स्त्रीहरू नाँच्थे, गाउँथे, सितारा र ढोलक बजाउँथे। तिनीहरूले शाऊलकै छेउमा यसो गरे।
जब अब्शालोम जीवित थिए तिनले राजाको बेंसीमा एउटा स्तम्भ खडा गरेका थिए। अब्शालोमले भनेका थिए, “मेरो नाउँ जीवित राख्ने कुनै छोरा छैन।” यसैले तिनले त्यस स्तम्भको नाउँ आफ्नो नाममा राखे। आज पनि उक्त स्तम्भलाई, “अब्शालोम स्मृति-चिन्ह” भनिन्छ।
गरीब मानिसहरूलाई तिनीहरूका छिमेकीहरूले पनि मन पराउँदैनन्। तर धनीका त धेरै मित्रहरू हुन्छन्।
धनले धेरै मित्रहरू बनाउँछ, तर गरीबलाई आफ्नै भित्रले पनि त्यागि दिन्छ।
मल्कीसेदेक शालेमका राजा थिए र सर्वोच्च परमेश्वरका पूजाहारी थिए। जब अब्राहाम लडाई जितेर आउन लागेका थिए, मल्कीसेदेकले उनलाई भेटे र आशीर्वाद दिए।