अब्राम र लूतसित यति धेरै पशुहरू र सरसमानहरू भएकाले जग्गाको अभावले तिनीहरूलाई एकैठाउँ संगै बस्न असम्भव भयो।
Cross references
याकूब अनि एसावाका परिवारहरू अत्यन्तै विशाल भए जसले गर्दा कनान भूमिको अन्नले तिमीहरूलाई पुग्न असम्भव भयो। यसर्थ एसावले आफ्नो भाइ याकूबलाई छोडेर धेरै टाढा देशमा गए। एसावले आफ्ना सबै चीजहरू आफूसँग लिएर गए।
कनानमा हुँदा उनले यी सब चीजहर प्राप्त गरेको थियो। यसर्थ एसावले आफूसंग पत्नीहरू छोराहरू, छोरीहरू, सबै नोकरहरू, पशुहरू लग्यो। एसाव र याकूबको परिवारहरू यति बढदै गए, तिनीहरूलाई एकै ठाउँमा बस्न असम्भव भयो।
जसले धनलाई प्रेम गर्छ त्यो आफूसित भएको धनले कहिल्यै सन्तुष्ट हुँदैन। जसले धनलाई प्रेम गर्छ, धेरै भन्दा धेरै धन प्राप्त गरे पनि उसको मन कहिल्यै अघाउँदैन। यसकारण धन पनि व्यर्थै हो।
त्यो मानिस आफै सोच्दथ्यो, मैले के गर्ने मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन।
तर मानिसहरू जो धनी हुन चाहन्छन् ती लोभमा फँस्छन् अनि जालमा पर्छन्। तिनीहरू मूर्खातापूर्ण अनि हानिकारक चाहनाको विकाश गर्ने कुरा गर्छन्। जुन कुराहरूले तिनीहरूलाई ध्वंश अनि नष्ट बनाउँदछ।