Home Bibles ☰ Books उत्पत्ति 10:2 · नेपाली बाइबल
उत्पत्ति 10:2 · नेपाली बाइबल

येपेतका छोराहरु थिए गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।

Cross references

उत्पत्ति 10:21

शेम येपेतका जेठा दाज्यू थिए। शेमका सन्तानहरुमा एक जना एबेर सबै हिब्रु मानिसहरुका पिता थिए।

1 इतिहास 1:5

पेरेसका छोराहरू- हेस्रोन र हामूल थिए।

यशैया 66:19

मैले केही मानिसहरूमा चिन्ह लगाएँ - म तिनीहरूलाई बचाउनेछु। म सुरक्षित मानिसहरू मध्ये केहीलाई तर्शीश राष्ट्र अनि लिबिया, लूदी (धनुधारीको देश) तूबल, याबान अनि टाढा-टाढा देशहरूमा पठाउनेछु। ती मानिसहरूले मेरा शिक्षाहरू कहिल्यै सुनेका छैनन्। ती मानिसहरूले मेरो महिमा कहिल्ये देखेका छैनन्। यसकारण यी सुरक्षित मानिसहरूले ती राष्ट्रहरूलाई मेरो बारेमा बताउनेछन्।

इजकिएल 27:7

तिम्रो जहाजको पालका निम्ति तिनीहरूले मिश्र देशमा बनिएको रंगीन सूती वस्त्रको प्रयोग गरे। तिम्रो छाप्रोको पर्दा निलो अनि बैंजनी रंगको थियो। तिनीहरू साइप्रसको समुद्र किनारमा आउँथे।

इजकिएल 27:12

“तर्शीश तिम्रो सर्वोत्तम ग्राहकहरू मध्ये एक थियो। उसले तिमीसित व्यापारकोलागि चाँदी, फलाम, टीन अनि सीसा तिमीले बेचेको चमत्कारी वस्तुहरूको बद्लीमा दियो।

इजकिएल 27:13

याबान, तूबल, मेशेकका मानिसहरूले व्यापार गरे। तिनीहरूले बेचेको चीजको सट्टामा तिमीलाई काँसका भाँडा दिन्थे।

इजकिएल 27:19

जुन चीज तिमीले बेच्थ्यौ ती चीजहरू बेचेर उसले ऊजालाको दाखरस मगाउने व्यापार गर्थ्यो। उसले त्यो चीजहरूको निम्ति फलाम, तेजपात र ऊखु तिर्थ्यो।

इजकिएल 38:2

“हे मानिसको छोरो! मागोगा देशमा गोगतिर ध्यान देऊ। त्यो मेशेक अनि तूबल राष्ट्रहरूको सर्वाधिक महत्वपूर्ण प्रमुख हो। गोगको विरूद्धमा मेरो लागि केही भन।

इजकिएल 38:6

त्यहाँ गोमेर उसको सबै सैनिकहरूसित हुनेछ। त्यहाँ तोगर्माको राष्ट्र सबै सैनिक समूहसँग हुनेछ जो उत्तर दिशाको टाडो ठाँउबाट आउँछ। त्यहाँ तिमीहरूसित धैरे राष्ट्रहरूका मानिसहरू हुनेछन्।

इजकिएल 38:15

तिमी टाढो उत्तरको आफ्नो ठाँउबाट आउँछौ अनि तिमी बहुसंख्यक मानिसहरूलाई साथमा लिएर आउँछौ। ती सबै घोडसवार हुनेछन्। तिमी एउटा विशाल अनि शक्तिशाली सेना हुनेछौ।

इजकिएल 39:1

“हे मानिसको छोरो! गोगको विरूद्ध मेरा निम्ति केही भन। उसलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘गोग, तिमी मेशेक अनि तूबल देशहरूको सर्वाधिक महत्वपूर्ण प्रमुख हौ। तर म तिम्रो विरोधमा छु।

प्रकाश 20:8

शैतान पृथ्वीका समस्त राष्ट्रहरु गोग अनि मागोगलाई छल गर्न जानेछ। शैतानले लडाँईको निम्ति मानिसहरु भेला गर्नेछ। त्यहाँ ठूल्ठूला भीड लाग्नेछ अनि तिनीहरु समुद्र किनारको बालुवा सरी अनगन्ति हुनेछन्।

Interlinear

Choose Theme